संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्को हिउँदै अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

Advertisement 1

उनले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी प्रतिनिधिसभा बैठक अन्त्य गरिएको घोषणा गरेका थिए ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भई २०८१ साल वैशाख २ गते अन्त्य भएको हो । ७० दिनसम्म चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारबाही भएका थिए ।

Advertisement 2

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको दोस्रो अधिवेशनभन्दा तेस्रो अधिवेशन कानुन निर्माणका हिसाबले राम्रो भएपनि प्रयाप्त नभएको बताए । उनले राजनीतिक दलहरूलाई कानुन निर्माणमा संसद्लाई क्रियाशील बनाउनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकार संसद् बन्द गरेर भागेको आरोप लगाएको छ । कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठनको माग गरेर संसद्‌मा अवरोध गर्दै आएको थियो ।

प्रकाशित :२०८१ बैशाख २, आईतवार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry