सामान्यमै थमौती भए अमनलाल मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदीको थभौती भएको छ । मन्त्री मोदीलाई संघीय मामिला बाट उर्जामा पठाउने र काँग्रेसका धनराज गुरुङलाई सामान्य प्रशासन मन्त्री बनाउने मोटामोटी टुंगो लागेको थियो ।
तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको नामावलीमा मोदीको नाम सामान्य प्रशासनमै थमौतीमा परेको छ ।

Advertisement 1

प्रधानमन्त्री प्रचण्डले सातौ पटक मन्त्रालय पुर्नगठन गर्दा समेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन । अझैं युवा तथा खेलकुद मन्त्रालयसहितका ५ मन्त्रालय उनीसँगै रहेको छ ।

यस्तै खानेपानी मन्त्री अब्दुल खानले असन्तृष्टि जनाउँदै मन्त्री पदबाटै राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट रक्षामन्त्रीमा पूर्णबहादुर खड्का,अर्थमन्त्रीमा प्रकाश शरण महत,रमेश रिजाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङलाई शहरी विकास मन्त्री बनाइएको छ । नेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्री,शक्ति बस्नेतलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ भने अन्य दुई मन्त्रीहरु साविककै मन्त्रालयमा थमौति गरिएको छ ।
यस्तै एकीकृत समाजवादीबाट बेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री,जसपाबाट अकोश राईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री,लोसपाका शरद सिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी दिइएको छ भने नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै नेसपाबाट महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै प्रधानमन्त्रीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय,परराष्ट्र मन्त्रालय
वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

Advertisement 2

 

प्रकाशित :२०७९ चैत्र १७, शुक्रबार १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry