सिहंदरबार अगाडि महानगरपालिकाको डोजर चलेपछि….

सिहंदरबार अगाडि रहेका अवैध संरचनामाथि काठमाडौँ महानगरपालिकाको डोजर चलेको छ । देखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरि देखि राष्ट्रिय वाणिज्य बैंकका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला महानगरले हटाएको हो ।
Advertisement 1
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए। सिंहदरबारको पश्चिमगेट अगाडि पुलमुिन रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो ।
महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संचना हटाएको छ ।महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी शनिबार वृक्षरोपणको कार्यक्रम गर्ने जानकारी पनि दिए ।
									
										प्रकाशित  :२०८० जेष्ठ ९, मंगलवार १४:४५																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

