जिल्लाका सिडिओ छलफलको तयारीमा: पु:न लकडाउन हुन सक्ने
पछिल्ला एक साता यताबाट मुलुकभर कोरोना सङ्क्रमितको दर क्रमिक रूपमा उकालो लागेपछि समयमै नियन्त्रणको प्रभावकारी उपाय चाल्न सरकारलाई जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।
Advertisement 1
विज्ञहरूले डेल्टासँगै ओमिक्रनको भेरियन्ट थपिएसँगै बढ्दो सङ्क्रमण नियन्त्रणको प्रभावकारी उपाय चाल्न नसके भोलिको दिनमा स्थिति भयावह हुने उनीहरूको भनाई छ । जनस्वास्थ्य विज्ञहरुले अहिले सङ्क्रमितहरू भर्ना हुने दर ठुलो नभए पनि अहिले नै त्यसका लागि पर्याप्त तयारी गरेको खण्डमा पहिलाको तुलनामा सङ्क्रमण धेरै हदसम्म नियन्त्रण गर्न सकिने बताए। विशेष गरी सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरूको पीसीआर परीक्षणको दरलाई थप कडाइ गदै लैजानु आवश्यक रहेको विज्ञहरुको भनाई छ ।
त्यस्तै काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले पुनः कडाइ गर्ने तयारी गरेको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर कोभिड संक्रमण नियन्त्रणको विषयमा आवश्यक निर्णय लिन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।
Advertisement 2
‘आज दिउँसो वा भोलिसम्ममा बैठक बस्छ होला’ सिडिओ रिजालले भने, ‘पछिल्लो समय उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न बैठकले आवश्यक निर्णय लिनेछ।’ दैनिकि सङ्क्रमणदर बढ्दै गए पु.न लकडाउन हुनसक्ने बताए ।
हिजो मात्र ९ सय ६८ जनामा संक्रमण देखिएकोमा आज ९ सय ४४ जना संक्रमित थपिएका छन् ।
Advertisement 3
९ हजार ७ सय ६२ जनाको पीसीआर र परीक्षणमा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टीजेन परीक्षणमा २४८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।