रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति
चीनले १८ चैतदेखि रसुवागढी नाकाबाट स्थलमार्ग हुँदौ पर्यटक आवागमन खुला गर्ने भएको छ । कोभिड(१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको थियो । त्यसयता ३ वर्ष ४ दिनदेखि मानव आवागमन हुन नसकेको सो नाका खुलाउन चिनियाँ पक्षले केहीदिन अघि नेपाल सरकारलाई जानकारी गराएको थियो ।
Advertisement 1
सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढीरकेरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ । संयन्त्रको बैठक आज बिहान जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको हो । बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतमस्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो । नेपालबाट सोमबार ल्हासा गएको टोलीमा सचिव मरासिनी, मन्त्रालय सहसचिव नारायणप्रसाद रेग्मी र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासहित ६ सदस्य सहभागी छन् ।
Advertisement 2
१ अप्रिलदेखि नाका खुलाउनका लागि तयारी गर्न चिनियाँ पक्षबाट अनौपचारिक जानकारी आएको रसुवा भन्सार कार्यालयले पनि पुष्टि गरेको छ । ठूलै कार्यक्रम गरेर नाकाबाट पर्यटक गतिविधि सञ्चालन गर्ने गरी चिनियाँ पक्षबाट चासो व्यक्त भएको रसुवाका प्रमुख भन्सार प्रशासक नारायणप्रसाद भण्डारीले बताए ।
‘अप्रिल एकबाट स्थलमार्ग भएर मानविय आवाजावतको अनुमति दिनेगरी तयारी भइरहेको चिनियाँ समकक्षीले अनौपचारिक रुपमा बताएका छन्,’ भण्डारीले भने, ‘चिनियाँ पक्षले नेपालबाट शुक्रबार कति मात्रामा लोडेड तथा अनलोड ट्रक केरुङ आउँछ भनेर पनि चासो देखाएका छन् तर औपचारिक चिठ्ठी आएको छैन ।’
Advertisement 3
भण्डारीकाअनुसार चिनियाँकै चासो बमोजिम सो दिन व्यवसायीहरुसँगको छलफलमा २५ वटा लोडेड ट्रक र ७५ वटा खाली कन्टेनर केरुङ जाने अवस्थामा रहेको जानकारी चिनियाँ पक्षलाई गराइएको छ । चीनले खुला गर्ने नाका चिनियाँ आवाजावतका लागि मात्रै हुन्छकि नेपाली पनि जान सक्ने के हुन्छ भन्ने भने खुलिसकेको छैन ।