प्रावि तह शिक्षकको नतिजा सार्वजनिक

प्राथमिक तह तृतीय श्रेणी शिक्षक पद खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा शिक्षक सेवा आयोगले गरिरहेको छ ।
Advertisement 1
आयोगले २०७८ चैत १९ गते २०७९ असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले अहिलेसम्म २१ जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ ।
सबै जिल्लाको नतिजा सार्वजनिक गरिसकेपछि सिफारिस गर्न ढिला हुने भएकोले लिखित परीक्षा उतीर्ण गरेका शिक्षकहरुको अन्र्तवार्ता लिने र अन्तर्वार्ताको नतिजा आएका जिल्लाका शिक्षकहरुलाई विद्यालयमा पठाउनको लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा सिफारिस गर्दै जाने तयारी गरेको आयोगले जनाएको छ ।
Advertisement 2
बाजुराका लागि ७३ जनाको लागि विज्ञापन गरिएकोमा लिखित परीक्षामा ६५ जना मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै अछाममा १४० सिटका लागि गरिएको विज्ञापनमा १३४ जना पास भएका छन्। त्यस्तै डोटीमा १४८ सिटका लागि गरिएको विज्ञापनमा १३४ जना पास भएका छन्। डोटीबाट ३०९ जनाले लिखित परीक्षा अन्तर्गत विषयगत परीक्षा दिएका थिए । ७६ सिटका लागि विज्ञापन गरिएको कञ्चनपुरमा ८० जना पास भएका छन्।