मैले नगरेको वा गर्न नचाहेको केहि महत्वपूर्ण काम
नेपाल सरकारका सचिव मधुसूदन बुर्लाकोटीले सामाजिक सञ्जालमा आफूले ‘गर्न नचाहेको केहि महत्वपूर्ण काम’ लेखेका छन् । उनले १५ बुँदामा उल्लेख गरेका छन् । सरकारी सेवामा जिम्मेवारी पाईरहंदा मैले गर्न नसकेको केहि काम- मैले आज जे गरें भोली पाउने सेवा यस्तै नै हो। म ढुक्क छु आज सकेसम्म सेवाग्राहीलाई दुख दिएको छु । भोलि मैले पक्कै दुख पाउने छु तर म फेरी कुर्लनेछु सेवा प्रवाहकारी भएन भनेर । तर आजसम्म मैले सेवा सरलै दिन पर्छ भने केहि पनि सोचेको छैन र सोच्दिन पनि ।
मैले नगरेको वा गर्न नचाहेको केहि महत्वपूर्ण काम:
१. सेवा प्रवाहमा निष्पक्षता र पारदर्शिता ।
२.सरुवा र पद्स्थापनमा वस्तुनिष्ठता र पारदर्शिता।
३. दण्ड र पुरस्कारमा विवेकशिलता र तटस्थता।
४. समयमै उचित निर्णय र सो को जानकारी ।
५. सेवाग्राहीको सहज पहुंच र सुनुवाई ।
६. सञ्चार माध्यमको सहज प्रस्तुती (मान्य तथा आदेश वर्ग बाहेक अरुको फोन तौलेर उठाउंछु) ।
७. भजन मण्डलीबाट बाहिर निस्कन नचाहने ।
८. विषयवस्तु, अवस्थाको अध्ययन नै नगरी कोठे गफबाटै धारणा बनाउने ।
९. माथीको आदेश आएपछी लुरुक्क हुने मन ।
१०. सही र गलत के हो थाहा पाउने मष्तिक।
११. सेवाग्राहीको हक स्थापना गर्न नसकेको।
१२. कार्यालयको कामलाई आफ्नै सोच्न नसकेको।
१३. सही र गलत कुन हो थाहा पाउन नसकेको।
१४. राजनीतिक नेतृत्वलाई यो हुन्न भन्न नसकेको।
१५. सरुवा पाउन धनुष्टंकार गर्न नसकेको।
यिनै कारणबाट मैले आफुले दिएको सेवामा म सन्तुष्ट छैन। मेरो घर परिवार सन्तुष्ट छैनन। मेरा बालबच्चा सन्तुष्ट छैनन। मेरा बालबालिका सरकारी सेवामा आउन पटक्कै मान्दैनन। तिनीहरु सकभर नेपालबाट बाहिर खोज्छन नसके नेपालमा निजी क्षेत्रमा काम गर्न रमाउंछन। बुढेसकालमा सर्टिफिकेट तथा तेल भिषाको व्यवस्था म जस्ता धेरैको भएकै हुनुपर्छ।
मैले यति लामो अवधी काम गरेर केहि गर्न सकिन, अझै पनि जिम्मेवारीमा छु तर केहि गर्न सक्छु जस्तो लागेन।
म सेवा रहंदै आफुले गर्न नसकेका कुरा र पिडादायि अनुभव लेख्छु तर सेवाबाट निवृत भएपछि यो भएन यो गर्नु भन्दिन किनकी आफु हुंदा केहि नगर्ने अनि बाहिर बसेर उर्दी हांकेर केहि हुन्न।
जे गर्नु छ जिम्मेवारी मै रहंदा गर्नुस, बाहिर पुगेपछि मौका आउंदैन।
प्रकाशित :२०७९ चैत्र ९, बिहीबार १३:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%