मूल नै फोहोर छ,सफा कहाँ मात्र गर्ने मन्त्रीज्यू ?

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीभन्दा पनि पावरफुल देखिए सहसचिव रुद्रमान सिङ तमाङ । तमाङसहित ६१ जना सहसचिवलाई सरकारले गत फागुन ११ गते सरुवा गरेको भए पनि सहसचिव तमाङले सरकारले गरेको निर्णय नै उल्टाइदिएको भेटिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार रुद्रमान सिङ तमाङले आफ्नो सरुवा नै रद्ध गराएका हुन । उनी सामान्य प्रशासनमै थमौती भएका छन् । आफू सिनियर सहसचिव भएको भन्दै उनले सरुवा हुन नचाहेको गृह स्रोतले जनाएको छ ।
उनलाई सामान्यबाट गृह मन्त्रालय वा अन्तरगत खटाइएको भए पनि ‘सामान्यको खेतीपाती’ छाडेर गृह जान अटेर गरेर अहिले सामान्यमै थमौती हुन सफल भएका छन् ।

Advertisement 1

रुद्रमान तिनै कर्मचारी हुन,जो काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा एक बर्षमा ३२ पटक विदेश भ्रमणमा गएको रेकर्ड पाइन्छ । अहिले खाट्टी माओवादी बनेर सामान्यमै टिक्न सफल भएका सामान्यका कर्मचारीहरुले इकर्मचारी डटकमसँग सुनाएका छन् । कर्मचारी सरुवा गर्दा प्राय नश्लवादी चिन्तन राख्ने गरेको आरोप कर्मचारीहरुले नै लगाउँदै आएका छन् ।

यस्तो जात्रा,यो मात्र होइन यस अघि ६१ सहसचिव सरुवाको सूचीमा महेश भट्टराईको नाम थिएन । रातारात उनलाई योजना आयोगमा खटाइयो । उनलाई त्यहाँ खटाउनकै लागि सहसचिव कृष्णप्रसाद सापकोटाको नाम काटिएको थियो ।

Advertisement 2

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रुपमा अमनलाल मोदी आएका छन् । मन्त्री मोदीले प्रशासन सुधारका ठूल्ठूला कुरा गर्दै आएका छन् । संघीय निजामती सेवा ऐन ल्याउन उनको सक्रियता बढो प्रंशसायोग्य छ । तर उनले मन्त्रालयमा सचिवका रुपमा भित्राएका कृष्णहरि पुष्कर,कर्मचारी प्रशासन फाँटमा हर्ताकर्ता बनाएर ल्याएका कमल भट्टराई,कमानसिं थापाहरुमात्र होइन सचिवालयमै राखेका केही कर्मचारीका कारण उनको सुधारको योजना र सपना पूरा हुनेमा शंका गर्ने ठाउँ प्रशष्त रहेका केही प्रशासकहरु टिप्पणी गर्दछन् ।

यता सामान्यले हालै ठूलो संख्यामा उपसचिवको सरुवा गरेको थियो । तीमध्ये केही उपसचिवहरु खटाएको स्थानीय तहमा नगई सामान्यमै प्रशासनमै बसेर मन्त्रीलाई चुनौती दिइरहेको भेटिएको छ । त्यस्ता सहसचिव तथा उपसचिवको सूची इकर्मचारी डटकमले खोजीरहेको छ ।

Advertisement 3

मन्त्री मोदीले आफू मन्त्री भए लगतै सामान्यमै डेरा जमाएर बसेका कर्मचारीहरुलाई स्थानीय तहमा पठाउनेदेखि शाखा परिवर्तन गर्नेसम्मका परिवर्तनकारी योजनाहरु सुनाएका थिए । ती योजना समेत पानीको फोकाझैं बन्न पुगेको देखिन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारीको खटन पटन गर्ने मन्त्रालय । त्यही मन्त्रालयभित्र दर्जनौ बिंसगतीहरु छन् । अहिले संघीय निजामती सेवा ऐन ल्याउन खोजिएको छ तर मूली मानिएको मन्त्रालयको टिम,त्यहाँका कर्मचारीहरुको रवैया नसुधार्ने अनि स्थानीय र प्रदेशका कर्मचारीहरुलाई मात्र पेलेर कसरी सुशासन कायम होला र ?राजनीतिक आस्थाका आधारमा कोही कर्मचारी सरुवा हुने,कोही थमौती हुन्छन् र त्यसमा सामान्य प्रशासनजस्तो कर्मचारीहरुको मूली मन्त्रालय नै सहयोगी भएर काम गरिरहेको देखिन्छ भने समग्र प्रशासन सुधारको गफ जोत्नु हत्केलाले सूर्यलाई छोप्ने मुर्खता मात्र हो भन्दा अत्युक्ति नहोला ।

प्रकाशित :२०७९ चैत्र ६, सोमबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry