सहसचिवको नतिजा सार्वजनिक
लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
लोकसेवाले गत पुस ५, ६ र ९ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण न्याय, सरकारी वकिल, परराष्ट्र, इञ्जिनियरिङ्ग, सिभिल, जनरल, इञ्जिनियरिङ्ग, सिभिल, हाइवे, इञ्जिनियरिङ्ग, सिभिल, स्यानिटरी, इञ्जिनियरिङ्ग, केमेष्ट्रि र कृषि, भेटेरिनरी तर्फको नतिजा प्रकाशित गरेको हो ।
Advertisement 1
जसअनुसार न्याय, सरकारी वकिल सेवातर्फ खुलातर्फ ६ जना छनोट भएका छन् । १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या ६३ जना रहेका छन् । परराष्ट्र सेवातर्फ खुलातर्फ तीन जना छनोट भएका छन् । १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या १ सय ६४ जना रहेका छन् । प्रशासन सेवातर्फ खुलातर्फ आठ जना छनोट भएका छन् भने आदिवासी जनजाती तर्फ ४ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या ७ सय ६९ जना रहेका छन् । इञ्जिनियरिङ्ग, सिभिल, जनरल सेवातर्फ तीन जना छनोट भएका छन् । एक जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ५६ जना रहेका छन् ।
उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।