‘भूपू सैनिक सम्मेलन’ फागुन र चैतमा
नेपाली सेनाले विभिन्न जिल्लाहरुमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले यो वर्ष बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो ।
Advertisement 1
प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एक पटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ चैत ९ गते दिपायलबाट सुरु भएको थियो । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ । मुलुकमा भूपू तथा पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ रहेको नेपाली सैनिक कल्याणकारी बोर्डले जनाएको छ । त्यसमध्ये निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूतपूर्व सैनिकको सङ्ख्या ८१ हजार आठ सय ७२ छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ रहेको छ ।
सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरिन्छ । नेपाली सेनाले भूकम्पबाट घर भत्केर अप्ठ्यारोमा परेका भूपूलाई घर बनाउनेलगायतका राहतका लागि ठूलो रकम खर्चिसकेको छ । जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका भूपूसैनिकले सम्मेलनलाई सहकर्मी पल्टनीयाबीच भेटघाट, सुखदुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।
Advertisement 2
सेनाले स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपूसैनिकको समाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन कोसिस गरिरहेको छ । ‘बहुजन हितायः बहुजन सुखाय’ उद्देश्य राखी स्थापना भएको सैनिक कल्याणकारी कोषले करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीका लागि स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै आएको छ ।
सम्मेलनको मुख्य उद्देश्य हिताधिकारीलाई कल्याणकारी कार्यबारे जानकारी दिने, गुनासा सुन्ने, अन्तक्र्रिया गरी राय–सुझाव सङ्कलन गर्ने र शिविरमार्फत स्वास्थ्योपचार सेवा उपलब्ध गराउनु हो । बढदो महङ्गीको मारमा नपरुन् भन्ने हेतुले सेनाले कोषमार्फत बहालवाला र अवकाशप्राप्तलाई सुपथमूल्यका पसल खोल्ने कार्यलाई युनिट तहसम्म पु¥याउन अभियान नै सुरु गरिसकेको छ ।