कार्यालयको काम छाडेर लोकसेवा पढाउँछन् ‘हाकिम’हरू

निजामती सेवाका कर्मचारीहरुमा अटेरी गर्ने प्रचलन बढ्दै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही अघि मैले दिएको निर्देशन सचिवले पालन गरेनन् भनेर दुखेसो नै पोखेका थिए।
Advertisement 1
बजारमा कालोबजारी बढेको, महंगीले उपभोक्ताको ढाड सेकिएको स्थिति मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले आपूर्तिको समस्या समाधान गर्न निर्देशन दिएका थिए तर आपूर्ति सचिव नारायण दुवाडीले टेर पुच्छर लगाएनन।
उनै दवाडीका दाजु छन् अहिले भूमि व्यवस्था मन्त्रालयमा । जग्गा कित्ताकाट, सहकारी समस्या हटाउन र मालपोत र नापीमा रहेको घुस रोक्न सचिव गोकर्ण दुवाडीलाइ निर्देशन दिए तर उनले एक कानले सुने र अर्को कानले उडाइदिएको चर्चा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर हुन थालेको छ ।
यस अघि नै एकनारायण अर्याल सामान्य प्रशासन सचिव हुँदा बहालवाला सरकारी कर्मचारीले ट्युसन सेन्टरमा नपढाउन निर्देशन दिएका हुन । बहालवाला उपसचिव,सहसचिवदेखि सचिव तहसम्मकै कर्मचारीहरु कार्यालयमा कम र ट्युसन सेन्टरमा बढी भेटिने गरेको गुनासो बढेसँगै अख्तियारले एक्सन लियो । तर सामान्यबाट जम्प गरेर अहिले पर्यटन मन्त्रालयमा पुगेका सहसचिव हेमराज तामांगदेखि सहसचिव प्रकाश दाहाल, देवराज जोशी, मित्र घिमिरे हुन वा सुमन प्रसाद दाहाल लगायतले चैतन्य, नेम र एपेक्समा पढाइरहेका छन् । देवराज जोशीको फोटो नै टासेर विज्ञापन गरिरहेको छ चैतन्यले । यी लगायत अन्य केहीलाइ अख्नतियारले पत्र पनि काट्यो तर उनीहरुले चेतेनन् ।
Advertisement 2
इकर्मचारी डटकमले हिजैमात्र यौनजन्य क्रियाकलापमा संग्लग्न कर्मचारीमाथि कुनै विभागीय कारवाही समेत नगरी पुन पालिकाकै प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको समाचार सार्वजनिक गरेको छ । यस्तो फण्डामा साउन यता ५ जना कर्मचारी फसे उनीहरुलाइ बरण्डामा ल्याएर राखियो कारवाही गरिएन । घुस र भ्रष्टाचारमा मुछिएर दैनिक कर्मचारीहरु रंगेहात अख्तियारको फन्दामा परिरहेका छन् । तर अटेरी कर्मचारीहरु सो काम गर्न हिच्किचाएका छैनन ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले एमालेका कर्मचारी भन्दै वीर अस्पतालको डाक्टर सन्तोष पौडेललाई कारवाही गरे । निजामती ऐन अनुसार,ट्रेड युनियन अधिकार अधिकृतस्तरका कर्मचारीसम्मलाई दिइएको छ तर कर्मचारीहरु खुलेरै राजनीति गरिरहेका छन् । राजनीतिक दलको सदस्यता लिएर उच्च पदस्थ पदमा कार्यरत छन् । अधिकांश कर्मचारीहरु ताक परे तिवारी नत्र गोतामे भनेझैं जुन पार्टी सरकारमा आउंछ त्यही पार्टीको सदस्यता लिइरहेका छन् । यो विषयमा हेलो सरकार र सतर्कता केन्द्रमा उजुरी समेत परेको छ । वसेरा, इन्द्रणी दरवार मार्गमा कर्मचारी कमरेड र कर्मचारी जय नेपालको वैठक बस्ने गर्दछ तर नियन्त्रण गर्ने निकाय सतर्कता केन्द्र र संघीय मामिला मन्त्रालय चुपचाप छ ।
राष्ट्र बैंकका एम अधिकारीको चर्चा सेलाए पनि विषय सकिएको छैन स्टाफ कलेजका खनालको चर्चा बढिरहेको छ । अझ सदस्यता अर्को पार्टीको लिने तर माओवादी हुँ भन्दै अवसर लिने गरेका वहालवाला सचिबाट प्रधानमन्त्री दिक्क छन् । संचार मन्त्रालयमा यो समस्या देखिएको छ । अर्थ र उद्योग मन्त्रालयका दुइ सचिवहरु फरक फरक पार्टीका हुँदा देखिएको बताइन्छ ।
महालेखा परीक्षक पदमा दुइ जना कांग्रेस र बाँकी सवै एमाले वालाले दरखास्त हालेकोले प्रधानमन्त्री कसलाइ नियुक्ति गर्ने भन्ने वारेमा रनभुल्लमा छन् ।