सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

कर्मचारीहरू समयमा अफिस नआइदिने अनि आए पनि खाजा खाने समय २ बजे तोकिएकोमा १२ बजेदेखि नै निस्किने प्रवृत्ति रहेको छ । यहि कारण सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्ताव अनुसार कर्मचारीको खाजा खाने समय साढे एक बजे देखि दुई बजेसम्म तोकेको छ ।

Advertisement 1

सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सबै कार्यालयले खाजा समय आलोपालो गरी आधा घण्टा मात्र व्यवस्था गर्नुपर्ने छ । साथै खाजा समय कार्यालयको सेवा प्रवाहमा बाधा नपर्ने गरी आलोपालो मिलाई सम्बन्धित कार्यालयले आधा घण्टाको समय तोक्न सक्ने पनि सूचनामा उल्लेख छ ।

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो । त्यसैलाई सम्बोधन गर्दै सरकारले खाजा समय र अरु विदाहरुको व्यवस्थापन गरेको हो । यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

प्रकाशित :२०७९ फाल्गुन १८, बिहीबार ०९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry