ज्येष्ठ नागरिकलाई लठ्ठी

दाङ। तुलसीपुर उपमहानगरपालिका–१५ स्थित डबरी पिपलबोट टोलका ज्येष्ठ नागरिकलाई लठ्ठी र छाता प्रदान गरिएको छ। शनिबार कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनी लठ्ठी सहयोग गरिएको हो।
Advertisement 1
त्यसैगरी गर्मी र झरी छल्नका लागि छाता पनि प्रदान गरिएको टोलका अध्यक्ष सचिन पाण्डेले बताए। “ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नका लठ्ठी चाहिन्छ, त्यसको सहजताका लागि हामीले सहयोग गरेका हौँ” उनले भने।
७५ वर्षभन्दा माथिका १३ नागरिकलाई सहयोग गरिएको छ। देख्दा सानो सहयोग देखिए पनि यसले ज्येष्ठ नागरिकलाई ठूलो राहत दिने भन्दै यस्तो सहयोग गरिएको अध्यक्ष पाण्डेको भनाइ थियो। समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले यस्तो कार्य गरिएको उनले बताए।
Advertisement 2
आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने अध्यक्ष पाण्डेको भनाइ छ। टोलले केही रचनात्मक कार्य गर्नुपर्ने सबैको सल्लाहअनुसार नै यो कार्य गरिएको अध्यक्ष पाण्डेले बताए। यो कार्यले सबै टोलका लागि पनि सिकाइ हुने उनको अपेक्षा छ।


















