संविधानसभा सदस्य ताजपुरियाको निधन

प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य झापा, शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाको ७८ वर्षको उमेरमा निधन भएको छ ।
Advertisement 1
विसं २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी केही दिन यता अस्वस्थ्य थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उनको शनिवार राति आफ्नै निवासमा निधन भएको कांग्रेस झापाका पूर्वजिल्ला सचिव भक्ति सिटौलाले बताए ।
विसं २०६४ सालमा नेपाली कांग्रेसकातर्फबाट समानुपातिक कोटामा उहाँ संविधानसभा सदस्य मनोनित भएका थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी छन ।
Advertisement 2
यसैबीच कांग्रेस झापाका सभापति देउकुमार थेवेले ताजपुरियाको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउँदै शोक समवेदना व्यक्त गरेका छन ।
प्रकाशित :२०७८ पुष १८, आईतवार २१:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%