वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

भोजपुर। वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ।

Advertisement 1

जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन्। हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए।

वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ। यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ। वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रकाशित :२०८३ बैशाख १३, आईतवार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry