पेन्सनमा पनि विभेद

अधिकांश सचिव वा विशिष्ठ श्रेणीका कर्मचारीलाई जम्मा २ ग्रेड रकम सहित तलब सुविधा बुझ्दै आएका छन् । तर केही पूर्व प्रशासकहरुले भने ४ ग्रेडसम्म तलब सुविधा लिँदै आएको पाइएको छ ।
निजामती किताबखानको तथ्यांक अनुसार,पूर्व अर्थसचिव कृष्णहरि बाष्कोटासहितका केही विशिष्ठ श्रेणीबाट अवकाश पाएका प्रशासकहरुले चार ग्रेडसम्मको तलब सुविधा बुझ्दै आएका छन् ।
पूर्व सचिव बाष्कोटाले ०७१ सालदेखि नै थप चार ग्रेड सुविधा लिइरहेको पुल्चोकस्थित निजामती किताबखनाले जनाएको छ । एक ग्रेड सुविधा भनेको १ दिनको तलब बराबरको रकम हो । । पूर्व सचिव बाष्कोटाले भने ०७१ सालदेखि नै चार गेड पेन्सन सुविधा गइरहेको निजामती किताबखनाको ढड्डाबाट पृष्टी भएको छ । लीलामणी पौडेलजस्ता सदाचारी मुख्यसचिव हुँदा त्यसबेला (०७१ साल)का विशिष्ट श्रेणीका २३ जना कर्मचारीलाई थप २ ग्रेड तलब थपेर दिन थालिएको र अहिले पनि उनीहरुले चार ग्रेड थप सुविधा लिइरहेको निजामती किताबखानाले जनाएको छ ।
आगामी साउनबाट सचिवहरुको तलब सुविधा १५ प्रतिशत ( ९ हजार ४०२ रुपैंयाले ) ७२ हजार ८२ रुपैंया मासिक रुपमा बुझ्नेछन् । यो हिसाबले सचिवहरुको दुई ग्रेड थप सुविधा पाउँदा ४८०६ रुपैंया तलबमा थपिने हुन्छ ।
एउटै पद,सेवाबाट अवकाश पाएका कोही विशष्ट श्रेणीका कर्मचारीले चार ग्रेड थप तलब सुविधा लिइरहेका छन त कोही दुई ग्रेडमै चित्त बुझाइरहेका छन् । यो त पद विशिष्ट काम अशिष्ट भएन र ?’एक जना पूर्व प्रशासकको प्रश्न हो यो ।
निवृत्तीभरण (पेन्सन) पनि कस्तो भने अवकाश पाएको एउटै पदबाट तर कोही रिटायर्ड सचिव झण्डै मासिक ५० हजार हाराहारी पेन्सन थाप्छन,कोही ३४ हजारमै चित्त बुझाउँछन् । जस्तो अस्ति ४ जेठमा मात्र अवकाश पाएका सचिव देवेन्द्र कार्कीले मासिक ३४ हजार ३८५ रुपैंया पेन्सन बुझ्ने छन् । केही अघि रिटायर्ड भइ हालै राप्रपामा प्रवेश गरेका केदार न्यौपानेले ४७ हजार हाराहारी पेन्सन थाप्छन् । अर्काेतिर यही मुलुक हो जहाँ सहसचिवमै रिटायर्ड हुने व्यक्तिलाई २४ घण्टाको लागि मात्र सचिव बनाएर पेन्सन बढाइन्छ ।यही श्रीगणेश,कुमारी,भैरवले समेत मासिक पेन्सन पाउँछन् तर निजामती सेवामा लागेर झण्डै दुई दशक समय व्यतित गरेका एक जना सचिवको ‘शक्तिकेन्द्र’ देब्रे हुँदा पेन्सनबिहिन अबस्थामा घर फर्कनु परेको छ । उनी हुन् दिपेन्द्र विक्रम थापा ।