काठमाडौं जिल्ला प्रशासनको आग्रह– होली खेल्दा व्यक्तिको निजी जीवनमा असर नपरोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै होली खेल्दा व्यक्तिको निजी जीवनमा असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्ने आग्रह गरेको हो ।
Advertisement 1
काठमाडौं जिल्ला प्रशासनले होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको हो । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने समेत आग्रह गरेको छ ।
यदि कानुन विपरितका गतिविधि गरे प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ । आगामी फागुन २२ गते पहाडी भेगमा र फागुन २३ गते तराईका जिल्लामा फागु पूर्णिमा वा होलीपर्व मनाइँदै छ ।
“मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न/नगराउन सबैमा अनुरोध गर्दछौं,” सूचनामा उल्लेख छ, “कानुन विपरितका गतिविधि गरे प्रचलित कानुन बमोजिम कडा कारवाही गरिनेछ ।” यही फागुन २२ गते फागु पूर्णिमा (होलीपर्व) मनाइँदै छ ।
Advertisement 2
यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको सूचना
यही मिति २०७९ फाल्गुन २२ गते परेको फागु पूर्णिमा (होलीपर्व) को शुभ अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रङ / लोला तथा पानी छाप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न/नगराउनु हुन सबैमा अनुरोध गर्दछौं । कानून विपरितका गतिविधिहरु गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।
Advertisement 3