जलस्रोत र भौतिकका सचिव हेरफेर

सरकार विस्तारपछि पहिलोपटक बसेको क्याविनेटले दुइ सचिवहरुको हेरफेर गरेको छ ।
हिजो सिंहदरवारमा बसेको क्याविनेटले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा तानेर त्यहाँका सचिव सचिव केशव कुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको हो ।

Advertisement 1

प्रचण्ड प्रधानमन्त्री भए लगतै एकै पटक सात जना सचिवहरु हेरफेर भएका थिए । त्यसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफू मातहतका अर्थ र राजश्वका दुबै सचिव परिवर्तन गरेका थिए । अर्थबाट कृष्णहरि पुष्कर र राजश्वबाट रामेश्वर दंगाललाई सरुवा गरेर त्यहाँ अर्थ सचिवका रुपमा तोयम राया र राजश्व सचिवका रुपमा डा रामप्रसाद घिमिरेलाई भित्राएका थिए ।
मंगलबार क्याविनेट बिस्तार भएपछि बसेको बैठकले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालयमा सचिवका रुपमा हालैमात्र बढुवा भएर सिधै जलश्रोत तथा सिँचाई मन्त्रालयमा पदस्थापनाको सौभाग्य पाएका केशव कुमार शर्मालाई लगेर त्यहाँका सचिव गोपाल सिग्देललाई जलश्रोत तथा सिँचाईमा पठाइएको हो ।
अस्तिमात्र उपप्रधानसहित उर्जा,जलश्रोत तथा सिचाई मन्त्रीको जिम्मेवारी लिएका राजेन्द्रको मन्त्रालयको सचिव पनि फेरिनेमा परेका हुन । संयोग उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल,नारायणकाजी श्रेष्ठ र राजेन्द्र लिङ्देनले सम्हालेका मन्त्रालयका सचिवहरु हेरफेरमा परेका हुन ।

प्रकाशित :२०७९ माघ ५, बिहीबार ०९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry