सामसङ एस २३ किन्न सचिवको दुई महिनाको तलबले नपुग्ने रहेछ
सुचना तथा सञ्चार सचिव बैकुण्ठ अर्यालले सामसङको नयाँ फोन एस २३ किन्नका लागि आफनो दुई महिनाको तलबले किन्न नसक्ने बताएका छन् ।
Advertisement 1
सामसङको एस २३ सार्वजनिक कार्यक्रममा उनले आफनो दुई महिनाको तलबले किन्न नसक्ने बताएका हुन । “मैले एस ६ देखि सामसङ चलाएको हो, अहिले एस २२ प्रयोग गरेको छु,” अर्यालले भने ।
सामसङले ग्यालेक्सी एस सिरिजको ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ सार्वजनिक गरेको छ ।
Advertisement 2
कम्पनीले आज एक कार्यक्रमबीच ती फोनहरू सार्वजनिक गरेको हो । कम्पनीले बुधबारदेखि नेपाली बजारमा यी स्मार्टफोनहरूको प्री–अर्डरसमेत खुला गरेको छ ।
प्रकाशित :२०७९ माघ २६, बिहीबार २०:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%