नासुदेखि उपसचिवसम्मका कर्मचारीलाई कासमू फाराम उपलव्ध गराउन मन्त्रालयको परिपत्र
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई कार्यसम्पादन मूल्यांकन (कासमू) भरेर पठाउन परिपत्र गरेको छ ।
मन्त्रालयले मन्त्रालय,सचिवालय,आयोग तथा सबै कार्यालयलाई परिपत्र गर्दै ती निकायमा कार्यरत रा.प. द्धितीय श्रेणी,रा.प. तृतीय श्रेणीमा कार्यरत सबै सेवाका र रा.प. अन प्रथम श्रेणीका नेपाल प्रशासन,आर्थिक योजना तथा तथ्यांक,नेपाल विविध सेवाका र नेपाल इञ्जिनियरिङ सेवा अन्तर्गतको सिभिल र जनरल इञ्जिनियरिङतर्फका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन फाराम निजामती सेवा नियमावली २०५० को नियम ७८ख (५) मा तोकिएको म्यादभित्र बढुवा समितिको सचिवालयमा बुझाईसक्न परिपत्र गरेको हो ।
Advertisement 2
मन्त्रालयले आर्थिक बर्ष ०७८/ ७९ का साथै विगतका आर्थिक बर्षको कासमू फाराम समेत समेत प्राप्त नभएको हुँदा पठाउन छुट भएकाहरुको कासमू फारामहरू बढुवा प्रयोजनका लागि शिघ्र रूपमा पठाउनुहुन र कार्यालयमा समयमानै दर्ता गरी सुपरीवेक्षक समक्ष पेश गर्न भनेको छ ।
सम्बन्धित मूल्याङ्कनकर्ताहरूबाट समयमानै मूल्याङ्कन नभएको हकमा निजामती सेवा नियमावली, २०५० को नियम ७८ ख (९) बमोजिम मूल्याङ्कन गरी वा गराई यस बढुवा समितिको सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवारमा यथाशिघ्र पठाईदिने व्यवस्थाका लागि निर्णयानुसार अनुरोध गरिएको मन्त्रालयद्धारा जारी परिपत्रमा उल्लेख गरिएको छ ।