कहिलेसम्म सास्ती ब्यहोर्ने हो लम्जुङेले ?
अञ्जनकुमार ।
चुनावी दौरानकै बेला लमजुङको राइनास नगरपालिका सातबिसेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले गोर्खामा आफुले तनहुँमा रामचन्द्र पौडेल र लमजुङमा देब गुरुङले चुनाव जिते यो क्षेत्र को कायलपलट हुने उद्घोष गरेका थिए । लमजुङमा देब गुरुङले बाहेक तनहुँ रामचन्द्र र गोर्खामा प्रचण्ड जिते ।
लमजुङमा चुनाव लड्दै गर्दा देब गुरुङ सङ्घीय सांसद नै थिए । गुरुङले मात्रै हैन प्रचण्डले समेत बाटोको हालतबारे आफुलाई अबगत भएको र छिटोभन्दा छिटो डुम्रे, बेंसीसहर हुँदै मनाङसम्मको सडक स्तरवृद्धि गरी जिल्लाको विकासलाई अघि बढाउने जनाएका थिए । तर चुनाब सकियो कुरा सकियो ।
दुईबर्ष पहिले गएको पैरोले अबरुद्ध सडक तत्कालीन जिल्ला प्रशासन प्रमुख होमप्रसाद लुइँटेल र प्रहरी प्रमुख कृष्णबहादुर कार्की कै बलमा भित्तो खोपेर बैकल्पिक बाटो खोलियो । पुनः गत वर्षाको बेला उदिपुरमा गएको पहिरोले सडक अबरुद्ध भयो । पछि उक्त पहिरो रोकथामका लागि २१ करोड रकम विनियोजना भएको पनि भनियो तर बर्खा नजिकिदै गर्दा बाटोको हालत झन नाजुक छ । डुम्रे बेशिशहर खण्डको यो बाटो दैनिक जसो आधा घन्टादेखि दुई घन्टासम्म अबरुद्ध हुने गरेको छ ।
दिनहुँ जाने सुख्खा पैरो मात्र नभई ढेडु बादरले समेत ढुङ्गा पल्टाएर हैरानी दिएको छ । यही ९ गते बिपत ब्यबस्थापनसग सम्बन्धी नीतिगत ब्यबस्था सम्बन्धी अन्तरक्रिया गर्न लमजुङ आएका गृह मन्त्रालयका सहसचिव प्रदिप कोइराला सहितको टोली यही पैरोमा एक डेढ घन्टा अल्झनु पर्दाको पीडा जिल्ला समन्वयको हलमा भएको जिल्लाका सुरक्षा प्रमुख, प्रमुख जिल्ला अधिकारी , स्थानीय सरकारका प्रमुख समेतलाई यो बाटोको बिषयमा गम्भीर हुन सुझाएका थिए । राज्यको ठुलै ओहोदामा बसेका मानिस लमजुङ पर्यटकिय स्थल घुम्न आउँदा बाटोको हबिगत देख्दा सम्बन्धित निकायमा कुरा राख्ने भन्दै जान्छन् काठमाडौं पुग्दा बिर्सन्छन । बेलैमा उपचार गरेको भए थोरै रकमले बन्ने बाटो सम्बन्धित निकायले चासो नदेखाउदा नेताहरुलाई सराप्ने त छदै छन् उच्च जोखिममा रहेको यो बाटोमा कतिबेला कसको ज्यान जाने हो केही थाहा छैन नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका कृष्ण प्रसाद अधिकारी बताउँछन ।
प्रकाशित :२०७९ माघ १३, शुक्रबार १४:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%