कर्णालीमा कर्मचारी टिकाउनै कठिन
कर्णाली प्रदेशमा कर्मचारी टिकाउनै कठिन हुने गरेको छ । पछिल्ला पाँच बर्षमा मात्र कर्णाली प्रदेशका ८ प्रमुख सचिव र ६४ सचिव परिवर्तन भएका छन् ।
Advertisement 1
प्रदेशका प्रमुख सचिवमा संघीय सरकारले सहसचिवबाट सचिवमा बढुवा भएका कर्मचारीलाई खटाउँदै आएको छ । त्यहाँ पछिल्ला पाँच वर्षमा फेरिए ८ प्रमुख सचिव परिर्वतन भएका छन् ।
केही प्रमुख सचिव त दुई महिना पनि टिकेका छैनन् । सबैभन्दा बढी टिकेको एक बर्षसम्म । कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै अन्य सात मन्त्रालयमा ६४ सचिव बदलिएका छन्।
प्रदेश सरकारले कर्मचारीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ। प्रदेश लोकसेवा आयोगले पनि तीव्र गतिका साथ काम गरिरहेको छ। प्रदेश लोकसेवा आयोगबाटै सचिव नियुक्ति गर्दा उनीहरू यतै बस्ने र नियमित काम पनि हुने उनको ठम्याइँ छ।
Advertisement 2
कर्णालीकापहिलो प्रमुख सचिव सुरेश प्रधानले २०७४ माघ १९देखि २०७४ चैत २६ गतेसम्म जम्मा दुई महिना काम गरे। त्यसपछि रामप्रसाद थपलियाको कार्यकाल २०७५ वैशाख १२ देखि २०७६ वैशाख ९ गतेसम्म रह्यो। केवलप्रसाद भण्डारीले २०७६ वैशाख १९ देखि २०७६ फागुन २७ गतेसम्म जिम्मेवारी सम्हाले।टेकनारायण पाण्डेले २०७६ फागुन २९ देखि २०७७साउन ७ गतेसम्म काम गरे। यस्तै चन्द्रमान श्रेष्ठ २०७७ भदौ २५–२०७८ जेठ १५०,डा गणेशप्रसाद पाण्डेय (२०७८ असार २८–२०७८ भदौ २३)र राजकुमार श्रेष्ठ (२०७८ भदौ ३० –२०७९ साउन ६) सम्म प्रमुख सचिव रहे। गत साउन १२ देखि डा गोपीकृष्ण खनाल कार्यरत छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनमा ६ र कानुनमातीन गरी नौ जना सचिव फेरिए। अन्य मन्त्रालयको अवस्था पनि उस्तै छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सबैभन्दा बढी १० सचिव परिवर्तन भएका छन्। अर्को महत्त्वपूर्ण मन्त्रालय सामाजिक विकासमा आठजना फेरिए।
Advertisement 3