२२ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र स्पष्टिकरण को माग

काठमाडौं। नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २२ जना प्रहरीलाई ७ दिनभित्र उपस्थितका लागि आग्रह गरेको छ।
Advertisement 1
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज आइतवार सूचना जारी गर्दै गैर हाजिरी रहेका २२ जना प्रहरीहरूलाई स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ।
Advertisement 2
लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरूलाई १ हप्ताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

									
										प्रकाशित  :२०८२ श्रावण ११, आईतवार ०९:१७																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

