हिजो शरीरमा आगो लगाएका आचार्यको निधन

मंगलबार संसद भवन नयाँबानेश्वर अगाडि आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । हिजो दिउँसो करिब ३ बजेको समयमा बानेश्वर चोकमा शरीरमा आगो लगाएर छटपटाउँदै ढलेका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement 1

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनको उपचारका क्रममा बुधबार विहान निधन भएको प्रहरीले जनाएको छ। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।

प्रकाशित :२०७९ माघ ११, बुधबार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry