एक लाख छत्तीस हजारलाई श्रम स्वीकृति

वैदेशिक रोजगार विभागका अनुसार पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको छ । भदौमा ४१ हजार ८४१, असोजमा ४० गरी ९५ हजार र कात्तिकमा करिब ५५ हजारले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

Advertisement 1

पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार हजार २९५ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विभागका अनुसार चालू आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो ।

जसमध्य धेरैको रोजाइमा कतार परेको छ । सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन् । कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कुुवेत, ओमान र बहराइनलगायतका देश छन् ।

प्रकाशित :२०७८ मंसिर ६, सोमबार १०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry