नेपाल मेडिकल कलेज खरिद गर्न तीन व्यापारीको होडबाजी

समय समयमा विवाद आइरहने नेपाल मेडिकल कलेज (एनएमसी) प्रा.लि. शिक्षण अस्पताल जोरपाटी अत्तरखेल खरिद गर्न हानाथाप भइरहेको छ । तीन जना मेडिकल व्यापारीहरु डाक्टर सुनिल शर्मा, बसुरुद्दिन अन्सारी र उपेन्द्र महतोबीच होडबाजी भएको हो ।

Advertisement 1

भोला रिजाल कलेजको अध्यक्ष र डा.राजेशकिशोर श्रेष्ठ मेडिकल डाइरेक्टर छन् । राजदरवारका तत्कालीन निजी चिकित्सक सच्चेबहादुर पहाडी, अञ्जनीकुमार शर्माका पुत्रहरु क्रमशः डा.अनिल पहाडी, डा.सुनिल शर्मा, काठमाडौंको चाबहिलस्थित ओम अस्पतालका सञ्चालक डा. भोला रिजाल, डा. आनन्द श्रेष्ठलगायतलको समूहबाट सञ्चालित कलेज हो । यस कलेजमा एमबीबीएसमा मात्र वार्षिक १ सय २० जना विद्यार्थीहरु अध्ययन गर्छन ।लगानीकर्ताहरुबीचको बेमेलले एनएमसीले ठूलै आर्थिक संकट झेलिरहेको स्रोतको भनाइ छ । पहाडी, शर्माहरु कजेल बिक्री गर्न चाहन्छन् । तर, ओम अस्पतालका लगानीकर्ताहरु बिक्री गर्न नहुने पक्षमा छन् । तर, ओम अस्पतालका समूहले पनि पहाडीहरुलाई उनीहरुको लगानी दिएर एकलौटी बनाउन सकेका छैनन् ।

नेपाल मेडिकल कलेज (एनएमसी) खरिद गर्न मेडिकल व्यापारीहरु डाक्टर सुनिल शर्मा, बसुरुद्दिन अन्सारी र उपेन्द्र महतोबीच चर्को प्रतिस्पर्धा ।

Advertisement 2

 

प्रकाशित :२०७८ जेष्ठ २५, मंगलवार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry