मनोजको दुई दशकको बैकिङ यात्रा: “राष्ट्र बैंकको सिएदेखि नबिल बैंकको डिसिइओसम्म”
भन्छन असफलता नै सफलताको जननी छ । इतिहासका अधिकांश महापुरुष, वैज्ञानिक, उद्यमी वा बैंकर्स जस्का जीवनका पानाहरु पल्टाउने हो भने उनीहरुले सफलताको उचाई चुम्नुअघि धेरैपटक असफलता भोगेका छन् । जो असफलताबाट निराश नभइकन प्रयास गरिरहन्छन्,उनीहरुले नै हो सफलता पाउने । असफलताको भयले प्रयास गर्न पनि छोडियो भने जीवनमा कहिल्यै सफलता मिल्दैन । हेरौं त रजनीकान्तलाई जो खलासीबाट उठेर सुपरस्टार बन्न सफल भए । अहिलेका एप्पल कम्पनीका मालिक स्टिभ जब्स शून्यबाटै उठेर त्यहाँसम्म पुगेका हुन । कुनै समय कवाडीको काम गर्ने व्यक्ति आज व्राण्डेड कम्पनीका मालिक बन्न सफल भएका छन् । जीवनमा एक पछि अर्काे असफलता झेलेका थोमस एडिसनले ९९ पटक एउटै कुरामा असफलता झेलेर पनि हार खाएनन् र त अब्बल वैज्ञानिक बनेका हुन । चाहे चार्ली च्याप्लिन हुन वा हरिवंश आचार्य, धनाढ्य अम्बानी हुन वा कुँजो स्टिफन हकिङ यी सबै असफलता झेलेरै सफल भएका हुन् ।
Advertisement 1
विदेशी कलाकार,वैज्ञानिक,धनाढ्यमात्र होइन । नेपाली बैंकिङ क्षेत्रका एक ‘किङ’ मनोज ज्ञवालीले पनि यस्तै असफलता झेलेरै सफलताको यो उचाई हात पारेका हुन । कुनै समय सीए अर्थात् चार्टर्ड एकाउन्टेन्ट पढ्दा पटक पटक असफलता झेलेका हुन । त्यही असफलतालाई हतियार बनाएर आज उनी यो स्थानमा छन् ।
सिए अध्ययनको सिलसिलामा पहिलो पटक अनुत्र्तीण भएका थिए ज्ञवाली । उनकै शब्दमा कुनै पनि विषयमा ४० अंकभार आएन । कहिलेकाँही ओभर कन्फिडेन्सले पनि डुबाउँछ भन्छन् । त्यस्तै भयो दोस्रो पटक परीक्षा ।उनमा यति धेरै आत्मविश्वास थियो कि जहाँ र जताबाट प्रश्न सोधे पनि उत्तर दिनसक्छु भन्ने लाग्दथ्यो तर, दोश्रो पटक पनि अनुत्र्तीण भए । त्यसपछि मेहनेतलाई दोब्बर पारे र सिएको मात्र होइन जीवनका कुनै पनि परीक्षामा असफलतासँग साक्षात्कार गर्नुपरेको छैन,उनले । अहिले उनी नेपाली बैंकिङ क्षेत्रको एक अग्रिणी नबिल बैंकको डेपुटी चिफ एक्जुकेटिभ अफिसर (डिसिओ)को रुपमा कार्यरत छन् । सामाजिक सञ्जालहरुमा ज्ञवालीका मोटिभेसनल स्पिचहरु धेरै सुन्न पाइन्छ । कलेजदेखि कर्पोरेट कम्पनीहरुसम्मले ज्ञवालीलाई ‘मोटिभेसनल स्पिच’का लागि निमन्त्रणा गर्छन् ।
Advertisement 2
जीवनको सफलता, असफलता, उदेश्य, अभाव, आँट के हुन् ? दैलेखको मध्यम बर्गाीय परिवारमा जन्मिएका उनै मनोजको यो सफलताको जग कसरी बस्यो ? उनको सफलतालाई पच्छाउँदै हामी उनको कार्यालय पुग्यौं र खोतल्ने प्रयास ग¥र्यों ।
पृष्ठभूमि
मनोजका पिता जो डाक्टर जनार्दन उपनामले गाउँभर परिचित,अयोध्याबाट आयुर्वेदमा बैद्य पढेर गाउँकै सेवामा तल्लीन । तिनताक दैलेखमा अस्पताल थिएनन् । गाउँमा केही बिरामी हुँदा उनकै पिताकोमा पुग्दथें,उपचारका लागि । ०३४ साल बैशाख १४ गते जनार्दन ज्ञवाली र माता पुष्पाको कोखबाट जन्मिए,जेठा पुत्रको रुपमा । मनोजपछि ५ भाइबहिनी छन् । जेठी बहिनी अनिता दाजुको पदचाप पच्छ्याउँदै बैकिङ सेक्टरमै करिअर बनाउँदै छिन् । माइली शोभा विजया उच्च मावी दुल्लु दैलेखमा कार्यरत छिन्,वसन्ता पनि शिक्षक हुन् । कान्छी बैनी स्टाफ नर्सका रुपमा सुर्खेत अस्पतालमा सेवारत । सानैदेखि तीक्ष्ण बुद्धिका मनोजले कक्षा एकमा पाइला नराखी दुई कक्षामा भर्ना भए र ७ कक्षासम्म हिमालयन माध्यमिक विद्यालयमा पढे । सात कक्षा पछि दुल्लुको विजया माध्यमिक विद्यालय भर्ना भए । नयाँ स्कुल पुग्न झन्डै ३ घण्टा लाग्थ्यो । कक्षा आठदेखि एसएलसीसम्म त्यही पढे । स्कूले जीवनमा पहिलो र दोस्रो बाहेक कहिल्यै तेस्रो हुन परेन । तिनताक अतिरिक्त गणीत लिएर पढ्नु म्याथ पढ्नुलाई महाभारत ठानिन्थ्यो । १६७ विद्यार्थीमध्ये मनोज र उनका साथी नरबहादुर खड्काले मात्र अप्सनल म्याथ लिए । उनी कक्षामा पहिलो विद्यार्थी थिए । अर्को साथी दोस्रो । स्कुलमा अप्सनल म्याथ पढ्यो भने साइन्स पढ्न सजिलो हुन्छ भन्ने मान्यता थियो । ०४९ सालमा फलामे ढोका मानिने एसएलसीका १ सय ६७ परीक्षार्थीमध्ये १२ जनामात्र उत्तिर्ण भए । ६ जना सेकेन्ड र ६ जना थर्ड डिभिजनमा । मनोजले सेकेन्ड डिभिजनमा पास गरे ।
भनिन्छ जीवन नियमले कम र संयोगले धेरै चल्दछ । उनीसंगै अध्ययन गरेका तीन सहपाठीहरु प्रशासन क्षेत्रको बागडोर सम्हालिरहेका छन् । जसमध्ये एक गोविन्द रिजाल,अहिले गृहको कर्मचारी प्रशासन फाँटमा छन् । उनी काविल प्रशासकका रुपमा चिनिन्छ । काठमाण्डौं, सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुर लगायतका जिल्लाको कमाण्ड गरिसकेका छन् रिजालले । यस्तै अर्का प्रशासक छन्,खगेन्द्रप्रसाद रिजाल जो अहिले सुर्खेत जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै सहपाठी नवराज जैसीले झण्डै दुई बर्ष रसुवा जिल्लाको प्रशासन हाँकेर अहिले गृह मन्त्रालयमै कार्यरत छन् ।
Advertisement 3
अनि मोडियो बाटो
हरेक पिताको सपना हुन्छ,छोरा आफूभन्दा पनि अब्बल होस । आर्युवेद वैद्य जनार्दन पुत्र मनोजलाई आफूभन्दा पनि अब्बल डाक्टर बनाउन चाहन्थें । एसएलसी पार लगाएपछि मनोज उच्च शिक्षा अध्ययनका लागि झरे राजधानी । विज्ञान बिषय लिएर पढ्ने लक्ष्य बोकेरे भित्रिएका थिए उनी राजधानी खाल्डो । मैतिदेवीमा एउटा साघुँरो कोठामा तीन जना साथीहरु मिलेर बस्न थाले । र भर्ना भए त्रिचन्द्र कलेज । अहिलेजस्तो कहाँ थियो र समय ?अलि अबेर रातीसम्म बत्ती बालेर पढ्दा घरपेटीले घरै थर्कने गरी कराउँथे । मनोजका फुपुका छोरा काठमाडौंमै बसेर पढ्दै थिए । उनले साइन्स नपढ्न सुझाव दिए । मनोज सम्झन्छन्,‘म ७१ प्रतिशत अंक ल्याएर जिल्ला टप हुँदा त डाक्टर बन्न सकिँन । तिमी त कक्षा फस्टमात्र । साइन्सभन्दा म्यानेजमेन्ट पढन उचित हुने सुझाव दिए भान्दाईले ।’ यो विषयमा दाइले बुबासँग पनि सल्लाह गर्नुभयो । त्यसपछि उनको बाटो मोडियो । त्रिचन्द्र छाडेर पिपुल्स कलेजतिर मोडियो ज्ञवालीको पाइला अर्थात उनी विज्ञान पढ्न छाडेर कमर्स पढ्न थाले । पिपुल्स कलेजबाट आइकम पार लगाए पछि बिकम पढ्न शंकरदेवमा भर्ना भए । त्यहाँ राजनविक्रम थापासँग दोस्ति बढ्यो । राजन अहिले नेपाल राष्ट्र बैंकको जागिरे छन् । उनै थापाले उनलाई सीए पढ्न सुझाए । मनोजले जीवनमै पहिलो पल्ट सुनेको थिए ‘सीए’ शब्द,जस्को अर्थ हुँदो रहेछ चार्टर्ड एकाउन्टेन्ट । बीकमको परीक्षा सकिएपछि उनको पाइला आफ्नै जन्मथलोतिर मोडियो । केही समय घर नजिकैको माध्यमिक विद्यालयमा अध्यापन गरे ।
सीए पढ्दा झलेको त्यो असफलता
मनोजमा जसरी पनि चार्टड एकाउन्टेन्ट बन्ने नशा सवार भइसकेको थियो । त्यही नशा पूरा गर्न मामाको साथ लागेर हानिए लखनउ । पुगे इस्टिच्युट आफ चार्टर्ड एकाउन्टेन्टस् अफ इन्डिया (आईसीएआई) । फ्ल्यासव्याकमा फर्किए ज्ञवाली । त्यहाँका प्रिन्सिपलले ज्ञवालीलाई देख्ने वित्तिकै जिज्ञासा राखे, ‘नेपाल से आया हे’ । मनोजले ‘हो’ भन्ने जबाफ दिए । प्रिन्सिपलको दोश्रो प्रश्न थियो ‘सीए गर्नका लागि कति प्रतिशत अंक ल्याएका छौं ?’ उनले प्रमाणपत्र देखाए विकमको । ‘५८ प्रतिशत अंक ल्याएर सीए गर्न सकिँदैन,नेपाल फर्किन’का लागि उनले ज्ञवालीलाई आग्रह गरे । ज्ञवालीले ढिपी सहित तर्क पेश गरे ‘नही सर, मे करुंगा, मे क्लास मे आज तक कभी फेल नही हुवा’ । प्रिन्सिपलको प्रत्युत्तर थियो ‘सीए जो कर्न आता हे न पहिले कभी फेल नही होता हें फेल होन कै लिए सीए कर्न आता हें ।’ जसरी पनि सीए बन्ने धोको थियो । रजिष्ट्रेसन शुल्क २ हजार ५ सय ५० भारु बुझाए । पढ्ने सामाग्री त्यही पैसाबाट आउँथ्यो । पढाइ शुरु भयो ।
पढाईभन्दा बढी समाना गर्नुप¥र्यो मनोजले साथीहरु र्याक । सोध्थें, ‘मनोज तिम्रो कति पर्सेन्टेज आएको रे ।’ साथीहरुको कुराले उनलाई निराश बनाएन बरु मनमनै ईख पाले । सोच्दथें रातभरी पढेर तिमीहरुलाई देखाइदिन्छु । तर परिस्थिती उनले सोचेझैं भएन । परीक्षा दिनु अगावै कनको एउटा कुनामा लागिसकेको थियो,म पक्कै फेल हुन्छु । वनको बाघले भन्दा पनि पहिल्यै मनको बाघले खायो नभन्दै कुनै पनि विषयमा ४० अंक कटाउन सकेनन् र अनुत्र्तीण भए । पहिलो वर्ष, वेस बनाउन सकिएनछ भन्ने लाग्यो । दोस्रो पटक उनमा आत्मविश्वास यति धेरै थियो कि लाग्दथ्यो,जहाँ र जताबाट प्रश्न सोधे पनि गर्न सक्छु । सीए उत्र्तीण हुनका लागि समग्रमा ५ नम्बरले ५० प्रतिशत पुगेन । फेरि फेल भए । अब चाहिँ साच्चिकै लाग्यो सीए बन्न कठिन रहेछ । बुबालाई आफूले सीए उत्र्तीण गर्न नसक्ने सुनाए । पिताले मनोज सीए पढ्न लखनऊ पुगेको गाउँभर हल्ला भएका कारण पढ्न नसक्ने भए त्यतै भाडाँ माझेर बस्न तर गाउँ नफर्कन धम्की दिए । पिताको त्यही प्रेमपूर्ण धम्कीकै कारण आज उनी सीए मनोज ज्ञवाली बन्न सफल भएका छन् । चार वर्षमा सीए सकेर फर्किए राजधानी खाल्डो ।
राष्ट्र बैंकमा बसेन ‘रस’
संयोग,नेपाल फर्कनु र एकै पटक नेपाल बैंक, वाणिज्य बैंक र राष्ट्र बैंकमा आवेदन माग्यो । मामाको सल्लाह थियो जागिर त राष्ट्र बैंकमै खानुपर्दछ भाञ्जा । त्यहाँ ८ जना सीए माग भएको थियो । सन् २००३ मा उनले एक नम्बरमा नाम निकाले । त्यस यता मनोजले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । तलब ३८ हजार ७५ रुपैयाँ । राष्ट्र बैंकको जागिरमा पनि खासै रस बसेन र चार वर्ष पछि नै राजीनामा ठोके र ग्लोबल आईएमईमा जोडिए फाइनान्स चिफको रुपमा । सरकारी जागिर छोडेर निजी बैंक प्रवेश गर्दा धेरैले अनेकन कुरा काटे । मनोजले अरुका कुरा सुननेन,सुने त केवल अन्तरमनको आवाज । फाइनान्स हेडका रुपमा ग्लोबमा इन्ट्री गरेका उनले सिएफओ, चिफ अपरेटिङ अफिसर भएर म्यानेजमेन्ट लेभलमै काम गरे । साढे सात बर्ष त्यहाँको सहयात्रालाई टुंग्याएर हाइड्रो पावरतिर लागे । १४८ मेगावाटको कोरियन कम्पनीमा ९ महिना काम गरेपछि त्यो हाइड्रोसँगको यात्रालाई पनि त्यही पूर्णविराम लगाएर फेरि बैंक फर्किए ज्योती विकास बैंक । त्यहाँ डेढ वर्ष काम गरेपछि उनी सीईओमा नियुक्त भए । झण्डै दुई वर्षे सीईओका रुपमा रहँदा ज्योती बैंकलाई एउटा उचाईमा पु¥याएर राजीनामा दिए । नबिल बैंकमा डेपुटी जनेरल म्यानेजरको रुपमा प्रवेश गरेका उनी अहिले जनरल म्यानेजरमा प्रमोसन भए र बैंक छिरेको दुई वर्ष नहुँदै डेपुटी सीइओमा प्रमोसन भएका एउटा अब्बल बैंकको नेतृत्व गरिरहेका छन् ।