हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

हुम्ला। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।
Advertisement 1
पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलामा प्रतिमा लामा र विमला शाही सर्वसम्मत चयन भएका हुन्।
जिल्लाबाट थप १ जना प्रतिनिधिका लागि केन्द्रमा अनुरोध गर्ने र यदि केन्द्रले स्वीकार गरे उक्त कोटामा नवराज महतारालाई पठाउने निर्णय भएको छ।
प्रकाशित :२०८२ मंसिर १७, बुधबार ११:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












