सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीहरूलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त परिमाणको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
Advertisement 1
बैठकले बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५ सयमा ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजार ६ सय ९६ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी ११औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।
प्रकाशित :२०७८ पुष ४, आईतवार ०९:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%