लेखाका कर्मचारीको सरुवामा किन विलम्ब ? यस्तो छ महालेखा नियन्त्रक कार्यालयको जबाफ

नियम अनुसार भदौं असोजभित्रै महालेखाले आफ्ना कर्मचारीहरुको खटन पटन गर्नुपर्ने हो । नियमित रुपमा लट सरुवा असोज १५ भित्रै गर्नुपर्ने भए पनि महालेखाले मंसिर महिना लाग्दा समेत लेखाका कर्मचारीहरुको खटन पटन गर्न सकेको छैन ।

Advertisement 1

महालेखाले उपसचिव सरहका प्रमुख लेखा नियन्त्रक, प्रमुख कोष नियन्त्रक, शाखा अधिकृत सरहका लेखा अधिकृत तथा कोष अधिकृत तथा नायब सुब्बा कर्मचारीहरुको सरुवा गर्नुपर्ने भए पनि मंसिर लाग्दा सम्म किन चलाउन सकेन त आफ्ना कर्मचारीहरुलाई ? के त्यस्तो व्यवधान आइपुग्यो र चलाउन सकेन महालेखाले लेखाका कर्मचारीहरुलाई ?

प्रशासन समुह भित्रका सामान्य प्रशासन, लेखा र राजस्व कर्मचारीमध्ये लेखा समूहका कर्मचारीहरूको सरुवा तथा खटन पटन महालेखा नियन्त्रकको कार्यालयले गर्दै आएको छ। नियम अनुसार लेखा समूहका कर्मचारीको खटन पटन असोज महिनामै भइसक्नु पर्ने भए पनि दुई महिना समय व्यतित भइसक्दा समेत कर्मचारी सरुवा गर्न नसक्नुको कारण हिसाब भिडान हो भनेका छन्,महालेखाका कतिपय अधिकारीहरुले ।

Advertisement 2

देशभरका सबै संघीय कार्यालय तथा ८१ ठाउँमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा करिब ३ हजार बढी लेखा समूहका कर्मचारी कार्यरत छन्। तीमध्ये यसपटक अढाई सयभन्दा बढी कर्मचारीहरु सरुवा हुनुपर्ने भए पनि लेखाका कर्मचारीहरुले हिसाब भिडान मिलाउन ढिलाई गर्दा लेखाका कर्मचारी सरुवामा ढिलाई भएको महालेखा स्रोतले जनाएको छ ।
महालेखाका एक अधिकारीले इर्कचारी डटकमसँग भने,हाम्रो मुख्य काम  अर्थसम्बन्धी हिसाब किताब राख्ने र जाँच्ने काम गर्न हो । जिम्मेवारी पाएका लेखाका कर्मचारीहरुलाई हिसाब भिडान नमिलाई सरुवा गरिँदा पछि समस्या आउने भएका कारण असोजमै सरुवा हुन नसकेको ती अधिकारीका भनाई छ ।
उनका अनुसार,प्रदेशका अधिकांश कार्यालयको हिसाब भिडानको काम सकिसकेको छ । केन्द्रीय निकाय २१ वटाको नआएको बाँकी रहेकोमा आज बिहानसम्ममा आइसकेको छ ।
मलेनिकाको मुख्य काम नै हिसाब भिडान,आर्थिक प्रतिवेदन बुझाउनु पर्ने भएको कारण सरुवा समयमा हुन नसकेको र अब छिट्टै लटमा सरुवा हुने उनले सुनाए ।लेखाका कर्मचारी निवृत्त भएर वा अन्य कारण रिक्त भएका अत्यन्त जरुरी ठाउँमा कर्मचारी सरुवा गर्ने काम नियमित रुपमै भइरहेको भए पनि लट सरुवा अबको केही दिनमै हुने उनको भनाई छ ।

प्रकाशित :२०८० मंसिर १, शुक्रबार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम