मन्त्रालयको निर्देशन टेरदैनन स्थानीय तह,सामान्यले पुन गर्यो पत्राचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कतिपय निर्देशन स्थानीय तहले टेर पुच्छर नलगाउने गरेको पाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ५ भदौंमै सबै स्थानीय तहहरुलाई वित्तीय स्थिति विश्लेषणका लागि मागेको तथ्यांक पाँच महिनासम्म पनि नपठाएपछि पुनः मन्त्रालयले ताकेता गरेको छ ।मन्त्रालयले स्थानीय तहलाई आन्तरिक आय, बजेट तथा खर्च सम्बन्धी विवरण मागेको थियो ।
Advertisement 1
यस अघि भदौं पहिलो साता गरिएको ताकेतामा भदौं मसान्तसम्म विवरण पठाउन भनेको भए पनि अहिलेसम्म अधिकांश स्थानीय तहले विवरण नपठाएपछि सामान्यले फेरि ताकेता गरेको हो ।
bib
प्रकाशित :२०७९ माघ ५, बिहीबार १३:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%