कार्यालय समयमा सरकारी कर्मचारीलाई मोबाइल फोन चलाउन नदिन अदालतले दियो आदेश

सरकारी कर्मचारीहरूले कार्यालय समयमा मोबाइल फोन चलाएर प्रतिबन्ध गरिएको छ । दक्षिण भारतको मद्रास उच्च अदालतले कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको हो ।
Advertisement 1
न्यायाधीश एसएम सुब्रमण्यमका अनुसार सरकारी विभागहरूमा कार्यरत अधिकारीहरूलाई व्यक्तिगत प्रयोजनका लागि कार्यालयभित्र मोबाइल फोन चलाउन दिइनु हुँदैन । अत्यावश्यक परेका बेला वरिष्ठहरूबाट अनुमती लिएर मात्रै फोन गर्ने वा उठाउने गर्नुपर्छ ।
कार्यालयभित्र मोबाइल क्यामरा बारम्बार प्रयोग गर्दा सरकारी निकायको सेवाप्रवाहमा अवरोध पुग्ने र त्यसले गडगडी निम्त्याउने उनको ठहर छ । तसर्थ, राज्य सरकारले यस विषयमा गम्भिर चासो दिन आवश्यक रहेको र कार्यालय समयमा सबै कर्मचारीका मोबाइल फोनहरू एक ठाउँ (क्लोकरुम)मा राख्नुपर्ने भन्दै सबै निकायमा सर्कुलर वा निर्देशन जारी गर्न उनले आदेश दिएका छ्न ।