मन्त्रीको सचिवालयमै परिक्रमा गरिरहेका एक उपसचिव

‘कुमार’ प्रवृत्तिका कर्मचारीले प्रदेशदेखि स्थानीय तहसम्म खेदिनुपर्ने अनि ‘गणेश’ प्रवृत्तिका कर्मचारीलाई चाहिँ प्रधानमन्त्री, मन्त्रीको परिक्रमा लगाएर जागिर खान छूट हुने, धन पनि प्रशस्त कमाइने ! यस्तो धन्दामा सबैभन्दा खेलाडी उपसचिव डा डिजन भट्टराई हालैमात्र सुदन किरातीको साथ छाडेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयमा इन्ट्री मारेका छन् । नारायणकाजी श्रेष्ठको नीजि सचिव वेद खनाल रसुवाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएसँगै प्रहरीदेखि कर्मचारीसम्म चलाउन पाइने मालदार ठाउँमा डिजन फर्किएका हुन ।

Advertisement 1

डिजन तिनै कर्मचारी हुन,जो वामदेव गौतमदेखि रामबहादुर थापा ‘बादल’देखि जनार्दन शर्मा हुँदै सुदन किराती,नारायणकाजी श्रेष्ठसम्मको सचिवालयमा घुमिरहेका छन् । सुदनकै सचिवालयमा हुँदा चार लाख हाराहारी रकम बुझेर लियाजो अफिसरको रूपमा हिमालआरोहणका लागि निस्किए तर आधार शिविरमै नपुगी फिर्ता भए । उनीविरुद्ध  गुनासो विभागदेखि मन्त्रालयसम्म पुग्यो तर मन्त्रीकै स्वकीयलाई छुने, कारबाही गर्ने हिम्मत कसैले गर्न सकेनन् । गोजीमा काइयो बोकेर हिड्ने यी उपसचिव टिकटकका शौखिन,दिनमै २/३ वटासम्म भीडियो अपलोड हुन्थ्यो । उनका बारेमा अनेकन किस्सा सुन्न पाइन्छ पर्यटन मन्त्रालयतिर । १०/१० मिनेटमा चुरोट तानिरहने लत भएका उनी छिर्ने शौचालयमा हत्तपत्त अरु कर्मचारी छिर्दैनन् ।

डिजनले पर्यटनबाट गृहतिर जम्प हान्नुको कारण तेह्रथुमको सिडियो खान हो भन्दैछन्,गृहका अधिकारीहरु । त्यहाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्ण पौडेल कार्यरत छन्,‘अबको महिना दिनभित्रैका डिजन त्यहाँ पुगे अनौठो नमाने हुन्छ ।’

Advertisement 2

यता गृहले अध्यागमनका दोह्रोरिएर गएका तीन दर्जन बढी अधिकृतहरुको सरुवा गर्न खोजेको छ । टिप्पणी फाइलै तयार भइसकेपछि सचिव दिनेश भट्टराई बिदामा हुँदा सरुवा रोकिएको बताइएको छ ।

प्रकाशित :२०८० मंसिर २४, आईतवार ०६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry