सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ढकाल

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा विभागकै उपमहानिर्देशक एवं सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्।
Advertisement 1
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार रिक्त रहेको महानिर्देशक पदमा सोही विभागका उपमहानिर्देशक ढकाललाई नियुक्त गरेका हुन्।
तत्कालीन महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई बिचौलिया दीपक भट्टको कम्पनीमा आफ्नै श्रीमतीको नाममा सेयर रहेको खुलासापछि चर्को विरोध भएको थियो। सोही विवादपछि उनलाई मन्त्रालय तानिएको थियो।
Advertisement 2
पछिल्लो समय उक्त विभाग सरकारको नियमित कार्यसम्पादनभन्दा निश्चित नेता तथा व्यवसायीसँगको मिलेमतोमा काम गर्ने निकायका रूपमा आलोचित हुँदै आएको छ। कर्मचारीहरूलाई दबाबमा राखेर अवैध रूपमा आम्दानी गर्ने माध्यमका रूपमा प्रयोग भएको आरोपसमेत लाग्दै आएको छ।
प्रकाशित :२०८३ बैशाख १६, बुधबार ११:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












