भोलि देशभर शोक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

 

Advertisement 1

सरकारले भोलि सोमबार अर्थात माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।

केही बेर अघि वालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो ।

Advertisement 2

काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान दुर्घटनाबारे आवश्यक छलफल गर्न मन्त्रिपरिषदको बैठक बसेको थियो ।

दुर्घटनाबारे आवश्यक उद्धार, राहत र छानबिनका लागि छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो ।

Advertisement 3

यस्तै आजको क्याविनेटले पोखरामा भएको विमान दुर्घटनाको छानबिन गर्नका लागि पाँच सदस्यीय जाँचबुझ आयोग समेत गठन गरेको छ ।

दुर्घटनाको कारण पहिचान गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछानेलाई सदस्यसचिवको जिम्मेवारी तोकेको छ ।

प्रकाशित :२०७९ माघ १, आईतवार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry