‘सहकारीका विकृति हटाउन सहकारीका अभियन्ताहरु तयार हुनु पर्ने’

Advertisement 1
सहकारीको विकृती हटाउन अभियन्ताहरु नै तयार हुनुपर्ने बताइएको छ । सहकारीको द लिडरसिप वुटक्याम्प सम्बन्धी उत्प्रेरणात्मक तीन दिवसीय तालिम उद्घाटन सत्रमा सरोकारवालाहरुले यस्तो धारणा प्यक्त गरेका हुन ।
सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई लक्षित गरी एसियाली ऋण महासंघ (अक्कू)समेत संयुक्त आयोजनामा परितोष पौड्यालको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सचिव डा दामोदर रेग्मीले सहकारी आफैमा विकासको एक महत्वपूर्ण क्षेत्र रहेको चर्चा गर्नुभयो । सहकारीसँग गरिब, विपन्न र सामाजिक रुपमा पछाडि पारिएका वर्ग जोडिएको हुँदा सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण तथा शासकीय पद्धतीको अनुपालनको अभ्यासमार्फत समग्र अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “नेपालमा समग्र सहकारी विकासमा बचत तथा ऋण सहकारी अभियानको मुख्य भुमिका र योगदान छ, यस क्षेत्रको विकासका लागि मन्त्रालय सदैव सहकार्य गरेर अगाडि बढ्छ । तर सहकारीका विकृतिहरु हटाउन सहकारीका अभियन्ताहरु तयार हुनु पर्ने र शुध्दीकरण अभियान आफैबाट शुरु गर्नु पर्ने ” वताउनु भयो ।
Advertisement 2
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारी अभियानलाई सार्थक र सफल अभियानको रुपमा विकास गर्न सवैबीचको सहकार्यात्मक सम्बन्ध विकासको अपरिहार्यता माथि प्रकाश पार्नुभयो ।
कार्यक्रमको सञ्चालन महासचिव दामोदर अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा बचत तथा ऋण सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनी, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र उच्च व्यवस्थापन समूहको सहभागिता रहेको थियो ।
Advertisement 3
सो अवसरमा एसीयाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के (लेनी) ले शानदार नेतृत्व विकासका लागि असल आचरण विकास साथै सुदृढ सहकारी अभ्यासको अनुशरण गर्नुपर्ने बताउनुभयो । नेपालले बचत ऋण अभ्यासमा गरेको अनुकरणीय उदारहणबाट आफु निकै खुशी भएको सिइओ लेनीले बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले साकोस अभियानको उचाईप्रति सदैव सम्मान र शुभभाव रहेको विचार व्यक्त गर्नुभयो । उहाँले आज आयोजित तालिम आफैंमा नयाँ र नेतृत्वमा नयाँ सोच र उत्प्रेरण मिल्ने विश्वास लिएको बताउनुभयो ।
तालिम उद्घाटन सत्रको समापनका अवसरमा बोल्दै संघका अध्यक्ष पौड्यालले आजको तालिम लिडरसिफ्ट अभ्यासको युगान्त शुरुवाती अभियान रहेको प्रशंग उल्लेख गर्दै अभियानमा नेतृत्व रुपान्तरणको विषयमा चर्चा गर्नु भएको थियो ।