वामपन्थी मिल्दा पनि काङ्ग्रेस बिजयी

सर्वोच्च अदालत बार एसोसिएसन अध्यक्षमा बरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन । अध्यक्षका प्रतिष्प्रर्धी तुलसी भट्टलाई १४ मतले पछि पार्दै उनी २८९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन ।

Advertisement 1

यस्तै सर्वाेच्च बार उपाध्यक्षमा जगदिशचन्द्र पाण्डे ३०५, सचिवमा श्यामकुमार खत्री ३०६, सहसचिवमा सुजन लोप्चन ३०४ र कोषाध्यक्षमा कपिल चन्द्र पोखरेलले २७४ मत पाएर विजयी भएका हुन् । महिला सदस्यमा सिर्जना कँडेलले २७२ मत पाएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी कमला रोका गिरीले २६६ मत प्राप्त गरेको जनाइएको छ ।

सदस्यहरुमा क्रमशः उत्तमराज पाठक, अनुपराज उप्रेती,डा रेशमराज रेग्मी, रुपनारायण श्रेष्ठ, प्रभुजी पन्त,देवी रेग्मी पोखरेल,सुमनकुमार केसी, रामबहादुर राउत र भीमप्रसाद ढकाल विजयी भएको जानकारी दिइएको छ ।

Advertisement 2

यीमध्ये अध्यक्ष निरौला, उपाध्यक्ष पाण्डे, सहसचिव लोप्चन र सदस्यहरुमा पाठक, रेग्मी,श्रेष्ठ,राउत र ढकाल बृहत लोकतान्त्रिक समावेशी पेशागत कानुन व्यवसायी समूहबाट निर्वाचित भएका हुन । वाम समर्थक वकिलहरु एकै ठाउँमा उभिँदा समेत सर्वाेच्च बारमा लोकतान्त्रिक पक्षधर वकिलहरु निर्वाचित भएका छन् ।

पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।

Advertisement 3

 

प्रकाशित :२०७९ पुष २४, आईतवार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry