असोज १० गतेदेखि जावलाखेलमा जुत्ता चप्पल मेला हुँदै, प्रवेश निःशुल्क

‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’को आयोजना हुने भएको छ ।नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म मेलाको आयोजना गरिएको नेपाली जुत्ता चप्पल उत्पादक समूहले जनाएको छ ।

Advertisement 1

दसैंको अवसर पारेर जावलाखेल खेल मैदानमा हुन गइरहेको मेला कात्तिक ३ गतेसम्म चल्ने आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समूहले जनाएको छ । आइतबार एक कार्यक्रमबीच मेलाबारे जानकारी गराइएको हो । ‘आम उपभोक्तालाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त रुची जगाउने उद्देश्यका साथ मेला आयोजना गरिएको हो’ आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मेलामा रोयल सुज इन्डस्ट्रिज, बीएफ डियर हिल तथा स्पोर्टस्, लालिगुराँस फुटवेयर (क्रस रोड), शुभकामना फुटवेयर (फास्ट वाक सुज), नमस्ते फुटवेयर (सिल), आरडी कलेक्सन (हाई लाइफ), केटीएम सुज, डीजे सुज, फुट फेसन (बेली सुज), उत्सव तथा कोसेली सुजका ब्राण्डहरुको सहभागिता रहनेछ । मेलामा ३ हजारभन्दा धेरै मोडल तथा डिजाइनका जुत्ता, चप्पलहरु उपलब्ध हुने बताइएको छ । मेलामा २० देखि ५० प्रतिशतसम्म छुट दिइने र निशुल्क प्रवेशको व्यवस्था गरिएको मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

उपाध्यायले नयाँ उत्पादनहरु उक्त मेलामा लन्च गरिने बताउँदै मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको पनि बताए । आयोजक टिमले मेला अवधिभरमा तीन लाख जनालाई अवलोकन गराउने लक्ष्य आयोजक टिमले राखेको छ । मेलामा निःशुल्क प्रवेश गर्न सकिने छ ।

प्रकाशित :२०८० आश्विन ८, सोमबार ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry