तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

तनहुँ। तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका लागि रु २ लाख सहयोग गरेको छ।
Advertisement 1
रसुवा लगायतका जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजले रु २ लाख सहयोग गरेको हो।
समाजले पाँचौँ अधिवेशन स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको खर्च मध्येबाट उक्त सहयोग गरेको समाजका अध्यक्ष राजु तिमिल्सिनाले जानकारी दिए।
Advertisement 2
उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न सङ्घसंस्थालाई सहयोगका लागि समाजले आह्वानसमेत गरेको छ।
प्रकाशित :२०८३ भाद्र १५, सोमबार १२:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








