लाखौंको सामान बरामद
सशस्त्र प्रहरीले ९ लाख ४० हजार बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हे. क्वा सुनसरीले ९ लाख ४० हजार २ सय ८१ रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामनबरामद गरेको हो ।
Advertisement 1
अमडुवा, उल्टी, लौकही र लाहीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको र नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लत्ताकपडा, जलकपुर माछा- ३८ के.जि मुङ्ग्री माछा – २५० के.जि. किराना सामान, कपाल, मदिरा लगायत उक्त सामानहरु ओसारपसारमा प्रयोग गरीएका ३ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाएको छ ।
Advertisement 2
साथै बरामद गरिएको २५० के.जि मुङ्ग्री माछा स्थानिय, स्थानिय जनप्रतिनिधी, नेपाल प्रहरीको रोहवरमा कार्यालय परिसरमा खाडल खनि नष्ट गरिएको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाद सिग्देलले जानकारी दिएका छ्न ।