काठमाडौं सिडियो कार्यालयको टाइम कार्ड :-३० मिनेटमा राहदानी,एक घण्टाभित्रै नागरिकता
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको छ । प्रशासनबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि भन्दै जिप्रका काठमाडौंले टाइम कार्ड लागू गरेको हो ।
Advertisement 1
नागरिकलाई सहज र सरल ढंगबाट सेवा प्रवाह गर्नका लागि भन्दै १० वटा सेवामा टाइम कार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको भनाई छ ।
हिजोदेखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण सङ्घसंस्था नवीकरण तथा मुद्दाको पेसी तोक्ने विषयमा टाइमकार्ड लागू गरेको हो ।
Advertisement 2
जस अनसार अब संघ संस्था नवीकरण, मुद्दाको पेसी ३० मिनेट तथा नयाँ नागरिकता वितरण तथा नाबालक परिचयपत्र वितरण एक घण्टाभित्र वितरण गरिसक्ने गरी टाइमकार्ड लागू गरिएको छ ।
यस्का अलवा राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेट,प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र उपलव्ध हुने व्यवस्था गरिएको उपाध्यायले बताए। यस्तै मुद्दाको फैसला ६० दिन भित्र गर्ने गरी टाइम कार्ड लागू गरिएको हो ।
Advertisement 3
आवश्यक काजपत्र पूरा गरी सेवा लिन गएका सेवाग्राहीले मात्र टाइमकार्ड अनुसार सेवा लिन पाउने समेत सो कार्यालयले स्पष्ट पारेको छ ।