प्रधानमन्त्रीका ज्वाइँ पहिलो वरीयतामा एसएसपी बढुवा सिफारिस

सशस्त्र प्रहरी बलको रिक्त १६ जना एसएसपीमा बढुवाको निम्ति गृह मन्त्रालयको बढुवा समितिले सिफारिस निकालेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ दिपेन्द्र कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले उनलाई बढुवा गरेको हो ।

Advertisement 1

कुँवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी–ज्वाइँ हुन् । भानु भने देउवाका भाइका छोरा अर्थात भतिजा हुन् ।
स्रोतका अनुसार उनलाई १ नम्बरमा बढुवा सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाण पनि सकरात्मक थिएनन् । तर बालुवाटारको दबावमा उनी शीर्ष स्थानमा बढुवा सिफारिसमा परेका हुन् ।

कुँवरलाई कामु एसएसपीबाट एसएसपी बनाउन गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावलीलाई नै संशोधन गरेको थियो । सशस्त्र प्रहरी नियमावली, २०७२ मा ‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने’ प्रावधान थियो ।

Advertisement 2

सूचीमा दिपेन्द्र कुँवर दुई नम्बरमा छन् । त्यसपछि विष्णुप्रसाद भट्टको नाम छ । चार नम्बरमा दिग्विजय सुवेदी र नम्बर पाँचमा विश्व भट्टराई परेका छन् । त्यस पछि भुपेन्द्र केसी र कमलप्रसाद तिउसीना छन् । तिउसीनापछि नीरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धबबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल बढुवा सिफारिसमा परेका छन् ।

प्रकाशित :२०७९ श्रावण ९, सोमबार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry