आज १२ औं कर दिवस

आज मंसिर १ गते,१२ औ कर दिवस मनाइदै छ। मूल्य अभिवृद्धि कर लागु भएको दिन मङ्सिर १ गतेलाई कर दिवसको रुपमा मनाईदै आएको छ ।

Advertisement 1

कर दिवसको लागि यस वर्षको नारा’स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ रहेको छ। कर दिवसको अवसरमा आन्तरिक राजस्व विभाग र विभाग अन्तर्गतका विभिन्न कार्यालयले आफु मातहतमाका करदाता मध्ये सबैभन्दा बढी कर तिर्नेलाई सम्मान गर्दै आएको छ ।

तर यस पटक तिहारको विदा लगत्तै कर दिवस परेकोले कर दिवसको औपचारिक कार्यक्रम मङ्सिर ७ गते मात्र हुने छ। मङ्सिर १ देखि मङ्सिर ७ सम्म कर सप्ताह मनाइने र कर सप्ताहको अन्तिम दिन कर दिवसको औपचारी कार्यक्रम गरेर बढी कर तिर्ने करदातालाई सम्मान गर्ने तयारी विभागको छ ।

Advertisement 2

कर दिवसको अवसरमा प्रधानमन्त्री, अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव, र आन्तरिक राजस्व विभागका महानिर्देशकले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

प्रकाशित :२०८० मंसिर १, शुक्रबार १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry