सचिवको अत्याचार सहन नसकेर अधिकृतले ठोके राजीनामा

बाग्मती प्रदेशका उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्ववावु पुडासैनीको अत्याचारले सीमा नाघेको र अन्याय सहन नसकेको कारण देखाउँदै त्यहाँका एक कर्मचारीले पदबाटै राजीनामा दिएका छन् ।
Advertisement 1
कर्मचारी संकेत नम्बर १६०८०९ रहेका अधिकृतस्तर आठौं तहका प्रशिक्षण अधिकृत गणेश राउतले प्रदेश सचिवको अमानवीय व्यवहार देखाएको उल्लेख गर्दै राजीनामा पत्र बुझाएका हुन ।
गणेशका अनुसार धिरेन्द्र पोखरेल उनीभन्दा जुनियर कर्मचारी हुन । लेखाका कर्मचारीलाई प्राविधिक फाँटको प्रमुखको जिम्मेवारी दिइएपछि र आफ्नो कु्र्सी कब्जा गरेका कारण उनी पछिल्लो तीन बर्षदेखि कुर्सीमा समेत नबसी काम गर्दै आइरहेका थिए ।
Advertisement 2
०७९ साल भदौं २० को मन्त्रालयको निर्णय अनुसार,चितवन घरेलु कार्यालयमा सरुवा भएकोमा आफूभन्दा जुनियर कर्मचारीलाई कार्यालय प्रमुख बनाएर उनको अण्डरमा काम गर्न लगाइएको तीन महिनासम्म मानसिक तथा यातना दिइएको उनले सचिवसमक्ष बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
Advertisement 3
राउतलाई तीन महिनामै त्यहाँबाट अन्यायपूर्वक निर्देशनालयमा सरुवा गरिएको उनले राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
मंसिर २८ मा काज सरुवा गरी निर्देशनालयमा खटाइएकोमा करारका ड्राइभरको आफ्नो क्वार्टर र भान्छामा ताल्चा ठोकेर हिडेको र काम गर्ने वातावरण नै नभएको उनले गुनासो पोखेका छन् ।
आफूमाथि भएको अन्यायको बारेमा सचिवसँग भेट गर्न खोज्दा इन्कार गरेको कारण आफ्नो क्यारियर बचाउन पुस ५ गतेदेखि लागू हुने गरी उनले सचिव पुडासैनीलाई सम्बोधन गर्दै राजीनामा बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।