बदनाम सहसचिव सचिवमा बढुवा

निजामती वृत्तमा बदनाम छबी बनाएका सहसचिव रामआधार साह सचिवमा बढुवा भएका छन् ।

Advertisement 1

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको आजको क्याविनेट बैठकले साहलाई सचिवमा उकाल्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त एक सचिव बढुवाका लागि सहसचिवत्रय रामआधार साह,विश्वबाबु पुडासैनी र अर्जुनजङ्ग थापाको नाम सिफारिस गरेको हो ।
जसमध्ये पहिलो नम्बरमा सिफारिस भएका साहलाई सरकारले सचिवमा बढुवा गरेको हो ।
सचिवमा उक्लिएका साहको ट्र्याक रेकर्ड खराब रहेको छ । साह कर्मचारी बृत्तमा बदनामी कमाएका पात्र हुन् जो पटकपटक कारवाहीमा मात्र परेका छैनन जेलै समेत गइसकेका छन् ।

Advertisement 2

उनी शाखा अधिकृत हुँदा नै पटकपटक नसिहत पाएका कर्मचारी हुन् । कतिसम्म भने खराब आचरणका कारण २०६६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको दुई ग्रेड घटुवाका लागि सिफारिश गरेको थियो । उनी गुणस्तर तथा नापतौल विभागको डिजी हुँदा नाकाबन्दीको समयमा पम्पहरूसँग मिलेर कालोबजारी गरेको आरोपमात्र लागेन यही प्रकरणमा परेर जेलसम्म पुगे । पछि जिल्ला अदालतबाट उन्मुक्ति पाए ।

अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

Advertisement 3

 

प्रकाशित :२०७९ मंसिर २५, आईतवार १९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry