ओलीकै मन्त्रीले सरकारलाई ‘श्री पाँच सरकार’ भनेपछि…..

सुर्खेतका आदरणीय जनसमुदायहरू ! नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरुलाई लालसलाम भन्न चाहन्छु !
खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीे सरकारलाई ‘श्री पाँच सरकार’ भनेर सम्बोधन गरेको भिडिओ फुटेज अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड क्याम्प छाडेर ओली गुटमा प्रवेश गरी मन्त्री मणिचन्द्र थापाले आफू कुन राजनीतिक व्यवस्थामा रहेको भन्ने हेक्कासमेत नराखेको भेटिएपछि अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । नेकपा ओली समूहको कार्यक्रममा भाग लिन सुर्खेत पुगेका उनले प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेर बोलेका हुन् । राजतन्त्र फालेर गणतन्त्र ल्याउन दिलोज्यान दिएका भनिएका थापाले प्रधानमन्त्री ओलीको क्याम्पमा गएपछि मुलुकमा राजतन्त्र नभएको अनुभव होइन भेउसमेत पाउन नसकेको उनैको मन्तव्यबाट पुष्टि भएको छ ।
अर्काेतर्फ प्रधानमन्त्री ओलीलाई श्री ३ महाराज बन्ने सपना देखेको आरोप लागिरहको बेला मन्त्री थापाले ओली नेतृत्वको सरकारलाई ‘श्री पाँच सरकार’ भनेर सम्बोेधन गरेका हुन् ।
शनिबार नेपाल सरकारका खानेपानीमन्त्री मणिचन्द्र थापा, स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भेरी नदीको पानी पम्पिङ स्थलगत अवलोकन गरेका थिए । अवालेकन पश्चात थापाले एक सभालाई सम्बोधन गर्दै ओली नेतृत्वको सरकारलाई ‘श्री पाँच सरकार’ भनेर सम्बोधन गरेका थिए ।

Advertisement 1

मन्त्री थापाको उक्त सम्बोधनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको तिव्र आलोचना सुरु भएको छ । मन्त्री थापालाई कसैले ‘गणतन्त्र भुलेको’ आरोप लगाएका छन् भने कसैले ‘साँच्चै श्री ५ सँगै तालमेल गरेर संविधानको ‘कू’’ गरेको बताइरहका छन् ।
सामाजिक सञ्जालमा चाहिँ श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्यङ्ग्यात्मक रुपमा प्रयोगकर्ताहरूले भिडियो भाइरल बनाएका हुन् ।

Advertisement 2

https://www.facebook.com/shova.pangeni.90/posts/2900091860264367

प्रकाशित :२०७७ माघ १८, आईतवार १०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry