लुम्बिनी प्रदेश लोकसेवाले माग्यो ५७० कर्मचारी (विज्ञापनसहित)
Advertisement 1
प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा अन्तरगत सहायक स्तर चौथो (प्राविधिक) तहका लागि एकै पटक ५७० कर्मचारी माग गरेको हो ।
Advertisement 2
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको विज्ञापनमा जनाएको छ ।
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले विभिन्न सेवा समूहका सहायकस्तर चौथो तहका प्राविधिक पदहरूमा योग्यता पुगेका उम्मेदवारहरूबाटअनलाइन दरखास्त आह्वान गरिएको विज्ञापनमा उल्लेख गरिएको छ ।
Advertisement 3
आयोगका अनुसार इच्छुक र योग्य उमेद्धारले आगामी पुस १४ गतेसम्म (साधरण दस्तुर) र दोब्बर दस्तुर तिरेर (पुस २१)गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।