गृह सुधारका २०६ योजना:- छुट्टै गृह प्रशासन समूह गठन गर्नेदेखि सीडीओ बन्न तालिम अनिवार्यसम्म

गृह मन्त्रालयले गृह प्रशासन सुधारका २०६ वटा कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले नीतिगत र कानुनी सुधार,शान्ति सुरक्षा र अपराध नियन्त्रण,संगठनात्मक सुधार एव भौतिक पूर्वाधार,जनशक्ति व्यवस्थापन तथा क्षमता विकास,विपद् व्यवस्थापन,सेवा प्रवाह र सुशासन,अध्ययन अनुसन्धान एंव सूचना प्रविधिमा आधारित गृह प्रशासन, आर्थिक अनुशासन र सदाचार लगायतका बुँदा गृह प्रशासन सुधार योजना ०७८ भित्र समावेश गरिएका छन् ।
गृहले तयार पारेको सुधारका कार्ययोजनामा अब आइन्दा प्रमुख जिल्ला अधिकारी अर्थात सीडीओ बन्नका लागि अनिवार्य रुपमा कानूनी तालिम वा कानूनमा स्नातक गरेको हुनुपर्ने बुँदा घुसाइएको छ । जनशक्ति व्यवस्थापन तथा क्षमता विकास बुँदा अन्तरगत ११३ नम्बरको बुँदामा यस्तो घुसाइएको छ । यस अघि नै यस्तो व्यवस्था भए पनि सीडिओ मनलाग्दी ढंगले खटन पटन गरिँदै आएको थियो । गृहले अब सीडिओ बन्नका लागि कानून पढेको वा कानूनको तीन महिना तालिम लिएको व्यक्तिलाई मात्र जिल्ला पठाउने व्यवस्था गरेको छ ।
Advertisement 1
यस्तै जिल्ला तथा इलाका प्रशासन कार्यलयका कर्मचारीहरुले सूचना प्रविधि तथा योजना तर्जुमा एलएमबिआइएस तालिम लिएको हुनुपर्ने,मन्त्रालय मातहतका निकायमा कार्यसम्पादन प्रणालीमा आधारित प्रोस्ताहन प्रणाली लागू गर्ने बुँदा त्यहाँ घुसाइएको छ ।
यस्तै अबको दुई बर्षभित्रमा छुट्टै गृह प्रशासन समूह गठन गर्ने योजना रहेको छ । गृहले प्रशासन सेवा गृह प्रशासन समूहको गठन गर्ने कार्ययोजना सार्वजनिक गरेको हो । यस्तै विभूषणको गरिमा कायम राख्न विभूषण छनौंटको मापदण्ड स्तरीकरण गर्ने कार्ययोजनामा समावेश गरिएको छ ।