जब आचार्य- खनालले आदिबासी जनजाती,राईले मधेसी कोटामा नाम निकाले

शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजामा चरम लापरवाही भेटिएको छ । आयोगले निमावि तहको गणित विज्ञान बिषयमा नतिजा सार्वजनिक गर्दा गम्भीर गडबडी गरेको भेटिएको हो ।

Advertisement 1

आयोगले सातै प्रदेशका लागि ३८१ शिक्षक माग गरेर विज्ञापन गरेको थियो । जसमा ५७ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका नतिजा सार्वजनिक हुँदा आचार्य खनालले आदिबासी जनजाती समूहमा र राईले मधेसी कोटामा राखेर नतिजा सार्वजनिक गरिएसँगै शिक्षक सेवा आयोगको लापरवाहीका बारेमा सामाजिक सञ्जालमा चर्काे आलोचना भएसँगै आयोगले उक्त गल्तीलाई सच्चाएर पुन अर्काे नतिजा सार्वजनिक गरेको छ ।

पछिल्ला शिक्षकको प्रतिष्प्रर्धा अत्यन्त कमजोर देखिएका छन् । जहाँ मागसंख्याभन्दा पनि कम आवेदन पर्ने,कम उत्र्तीण हुन थालेका छन् ।यस्तै देखिएको छ निमावी तहको गणित र विज्ञान बिषयमो शिक्षकको मागमा समेत ।

Advertisement 2

जहाँ आयोगले ३८१ जना शिक्षक माग गर्दा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उतीर्ण हुने जम्मा ५७ जना मात्र हुन । उनीहरुको अन्तर्वार्ता आगामी २८ मंसिरमा हुँदैछ । ५७ जना अन्तरवार्तामा उत्र्तीण हुँदा ३२४ पद रिक्त हुने देखिएको छ । आयोगले मधेश प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गर्दा कोही पनि परीक्षार्थी उत्र्तीण नभएको जनाएको छ ।

yteacher
प्रकाशित :२०७९ मंसिर ११, आईतवार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry