‘सेटिङ मास्टर’ घर फिर्ता ,कामु सचिवको जिम्मेवारी मैनालीलाई

निजामती क्षेत्रभित्रका बदनाम सचिवका रुपमा चित्रित रमेश प्रसाद सिंह सेवा हदका कारण घर फर्किएका छन् । उनी मंगलबारबाट ५ बर्षे सेवा हद लागेर घर फर्किएका हुन ।
निजामती सेवाभित्र सेटिङ मास्टरका रुपमा परिचित सिंह सेवामा रहँदा गरेका अनियमितताका दर्जनौं उजुरी अख्तियारमा विचराधिन छ ।

Advertisement 1

घर जानु अघि कार्तिक अन्तिम सातामात्र सात करोडको एउटा ठेक्का अघि बढाएर विवादमा तानिएका उनले मंसिर १ सचिवस्तरीय निर्णयबाट बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गर्नेगरी लगाइएको अर्काे निर्णयलाई बहादुर भवनले बदर गर्न निर्देशन दिएको छ ।

यस अघि साउन यतामात्र सिंहले कोटेशनका नाममा बीसौं करोड रूपैयाँ बाँडेको शहरीका कर्मचारीहरु सुनाउँछन् । सवा सयभन्दा बढी कन्सल्टेन्सीसँग विभागले विभिन्न शीर्षकका कोटेशन सम्झौता गरेको थिए । सिंहले आफ्ना नातेदारका नाममा विभिन्न ५ वटा कन्सलटेन्सी खोलेर तिनै कन्सलटेन्सीमार्फत काम गराउँदै आएका थिए ।
आचारसहिता सक्रिय भएको अबस्थामा मंसिर १ गते मध्यराती मन्त्री भेट्नभन्दै डिजी सुरेन्द्रलाई साथै भालुवाङस्थित पौवा होटेलको रुम नम्बर ३०८, ४०२, ४०३, ४०८ नम्वरका ४ वटा कोटा बुक गरेर बसेका सिंहको बारेमा सूचना पाएपछि राती एक बजे एमालेका नेता कार्यकर्ताले लखेटेपछि मध्यराती नै उनी होटल छोडेर प्रदेश ३ १०–०२२ च ३४९९ नम्वरको स्कारपियो र बा २ झ २९५७ नम्वरको पिकअप गाडीमा बाहिरिएका थिए । मन्त्रीको निर्वाचन क्षेत्रमा पुगेर चुनाव प्रभावित पारेको बिषयमा उनलाई आयोगले स्पष्टीकरण सोधिसकेको छ ।

Advertisement 2

अस्ति सोमबार सार्वजनिक बिदाकै दिन आफ्ना आधा दर्जन दाहिना हातहरुलाई मन्त्रालयको ढोका थुनेर घण्टौं बिताएका थिए । अवकाश पछि अख्तियारको आयुक्त ताकेका रमेश सिंहलाई पाटन उच्च अदालतले अदालतको मानहानी गरेको भन्दै पत्र काटेको छ ।

गत कार्तिक २२ मा उच्च अदालत पाटनले अदालतको अवहेलना गरेको भन्दै सचिव रमेश सिंह, आर्थिक शाखा प्रमुख श्याम घिमिरे र स्टोरकिपर युवराज गिरीले अदालतको अवहेलना गरेको भन्दै पत्र पठाएको हो ।

Advertisement 3

सेटिङ कलामा पारंगत सचिव सिंह घर फर्किए पछि अहिले मन्त्रालयको कामु सचिवको जिम्मेवारी सहसचिव पदम मैनालीलाई दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२०७९ मंसिर ७, बुधबार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry